Author: Himalaya Post

भयरहित निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाऊ – प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भयरहित ढङ्गबाट स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मीलाई आज बालुवाटार बोलाएर आपसमा आवश्यक समन्वय गरी सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका सम्बन्धमा गरिएको सुरक्षा तयारीबारे जानकारी लिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । भेटमा सुरक्षा अङ्गका प्रमुखले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा...

Read More

राष्ट्रपति भण्डारीलाई भारतीय प्रधानमन्त्री मोदी र मुखर्जीको रेडकार्पेटसहित ‘विशेष सम्मान’

काठमाडौँ– भारतको पाँचदिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई समकक्षी प्रणव मुखर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा स्वागत गरेका छन्। राष्ट्रपति भण्डारीको स्वागतका लागि राखिएको ‘गार्ड अफ अनर’ कार्यक्रममा भारतीय समकक्षी मुखर्जी र प्रधानमन्त्री मोदीले स्वागत गरेका हुन् । भारतको राष्ट्रपति भवन फोरकोर्टमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई शुरुमा मुखर्जी र त्यसपछि मोदीले स्वागत गरेका थिए। त्यहाँ स्वागत ग्रहण गरेपछि राष्ट्रपति भण्डारी विहान साढे ९ बजे राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा पुगेर सम्मान प्रकट गरेकी छन् । यसैबीच राष्ट्रपति भण्डारीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहान साढे ११ बजे राष्ट्रपति भवनमा भेट गर्ने कार्यक्रम छ भने सवा १२ बजे गृहमन्त्री...

Read More

फेरि देखियो स्वाइन फ्लु, विशेष सतर्कता अपनाउन डाक्टरको आग्रह

काठमाडौँ– गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका ३० वर्षीय एक युवकमा स्वाइन फ्लु पुष्टि भएको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले युवकमा उक्त रोगको भाइरस पुष्टि भएको जानकारी दिए । नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिए पनि यस पटक निकै अगाडि देखिएको डा पुनको भनाइ छ । गत फागुनमा पनि टेकु अस्पतालमा दुई व्यक्तिलाई स्वाइन फ्लु भएको पुष्टि भएको थियो । उनले भने, ‘‘अहिले भारतका विभिन्न स्थानमा कडा खालको स्वाइन फ्लु देखिएको छ । त्यसको असर नेपालमा पर्न सक्ने पनि धेरै सम्भवना रहन्छ । त्यसका लागि पनि...

Read More

एमालेले निर्वाचन सहयोग समिति गठन गर्ने

काठमाडौँ– नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनका लागि यही वैशाख १० गतेभित्रमा जिल्लादेखि वडा तहसम्मको पार्टी कमिटीसँग समन्वय गरी निर्वाचन सहयोग समिति गठन गर्ने निर्णय गरेको छ । एमाले पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको मोर्चा सङ्गठनको बैठकमा सबै जनसङ्गठनले स्थानीय निर्वाचनको घोषणापत्रका लागि आ–आफ्नो सङ्गठनका काम र विशेषताका आधारमा यही वैशाख ७ गतेभित्रमा सुझाव तथा अवधारणा पार्टीको घोषणापत्र मस्यौदा समितिसमक्ष प्रस्तुत गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले जानकारी दिए । स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी बनाउन सबै जनसङ्गठनलाई निर्वाचनको तयारी तथा प्रचारप्रसारको काममा परिचालन गर्न निर्देशन दिएको समेत उनले बताए । यसैगरी बैठकले यही...

Read More

चालु आर्थिक वर्षको पुँजीगत खर्च ३६ प्रतिशत मात्र

काठमाडौँ– सबै मन्त्रालय र मातहतका निकायको बजेट कार्यान्वयन गराउने जिम्मेवारी भएको अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ३६ प्रतिशत पुँजीगत खर्च गरेको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा दोस्रो चौमासिक समीक्षा गर्दै यस्तो जानकारी दिइएको हो । बाँकी तीन महिनामा बजेट कार्यान्वयनलाई तीव्रता दिई असार मसान्तसम्ममा पुँजीगत खर्च ८० प्रतिशत पुर्याउने लक्ष्य सो अवसरमा सुनाइयो । समितिका अध्यक्ष रहेका उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले तीन महिनामा युद्धस्तरमा काम गरी पुँजीगत खर्च बढाउन मन्त्रालय र त्यसअन्तर्गतका निकायका प्रमुखलाई निर्देशन दिए । “बजेट कार्यान्वयनका लागि ठूला कुरा ग¥यौँ, व्यावहारिक रुपमा काम गर्न सकेनौँ, यस वर्ष ५०...

Read More