Author: Himalaya Post

नेपाल टेलिकमले धरहरा पुनःनिर्माण योजना ल्याउने

काठमाडौँ, फागुन ४ । गत वर्षको भूकम्पले भत्काएको धरहराको पुनःनिर्माण नेपाल सरकार र नेपाल टेलिकमले संयुक्तरुपमा गर्ने भएका छन् । नेपाल टेलिकमका सहप्रवक्ता रोमन अधिकारीले धरहरा पुनःनिर्माणको प्रस्ताव पुरातत्व विभागमा लैजाने गृहकार्य भइरहेको बताउँदै करिब ४२ रोपनी क्षेत्रफलमा पुनःनिर्माण हुने धरहरा परिसरमा पार्किङ सुविधासहितको पार्क, सङ्ग्रहालय, बच्चाका लागि खेल्ने पार्कलगायत निर्माण गरिने गरी प्रस्ताव गर्ने योजना टेलिकमले लिएको जानकारी दिए । करिब रु चार अर्बको लगानीमा धरहरा पुनःनिर्माण हुनेछ । जसमध्ये जनताबाट रु ११ करोड संक्कलन गर्ने र बाँकी रकम टेलिकम आफैँले थप गर्ने सहप्रवक्ता अधिकारीले बताए । यसरी धरहरा पुनःनिर्माण भइसकेपछि कम्तीमा ३० वर्ष आफ्नै स्वामित्वमा हुनुपर्ने र...

Read More

एनसेलबाट अब फेसबुक निःशुल्क चलाउन पाइने

काठमाडौँ, फागुन ४ । निजी क्षेत्रको दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अब आफ्ना ग्राहकलाई निःशुल्क फेसबुक चलाउन पाउने सुविधा प्रदान गर्ने भएको छ । फेसबुकसँगको सहकार्यमा ल्याइएको यो सेवा आजदेखि ग्राहकले पाउने एनसेलले जानकारी दिएको छ । राजधानीमा आयोजित कार्यक्रममा एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरशिपकी प्रमुख आन्नानाइ ग्रेनले ‘फेसबुक फ्री’ योजनाको संयुक्तरुपमा सार्वजनिक गरेका थिए । एनसेलको नेटवर्क प्रयोग गरी इन्टरनेट प्रयोग गर्नेकुनै पनि मोबाइल फोनबाट फेसबुक चलाउँदा,फटो अपलोड गर्दा वा अरुको तस्वीरमा लाइक कमेन्ट गर्दा वा स्टाटस राख्दा कुनैपनि शुल्क नलाग्ने भएको छ । प्रिपेड तथा पोस्टपेड दुबै किसमका ग्राहकले पाउने यो सुविधामा अर्काको फोटो हेर्न भने शुल्क लाग्ने छ तर कसैको प्रोफाइल हेर्न भने पैशा लाग्ने छैन । नेपालमा इन्टरनेट प्रायोगकर्तामा फेसबुक सबैभन्दा लोकप्रिय रहेको र त्यसमा पनि धेरैले मोबाइलबाट इन्टरनेट चलाउने भएकोले सबैलाई एकआपसमा जोड्नको लागि ‘सबैका लागि इन्टरनेट’ विषय अन्तर्गत यो सुविधा ल्याइएको एनसेलले दाबी गरेको छ । एनसेलको यो अफर लागु भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’ बटन स्वतः देखिने छ । यो बटन क्लिकगर्ने बित्तिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउजगर्न सक्नेछन । फ्रि मोडमा हुँदा ‘गो टु पेड’ बटम देखिन्छ भने पेडमा हुँदा ‘गो टु फ्रि’ बटम देखिन्छ। त्यस्तै सोही पेजमा डाटा लिने बिकल्प पनि रहने छ । यो योजना आजबाट ९० दिनसम्मका लागि रहनेछ...

Read More

साझा यातायातको ५ रुटमा रात्रीकालीन बस सेवा प्रारम्भ (रुटसहित)

फागुन ४, काठमाडौं । साझा यातायातले रात्रिकालीन बस सेवा सुरु गरेको छ । मंगलबार रातिदेखि साझाले ५ वटा रुटमा राति साढे ८ देखि ११ बजेसम्म रात्रीकालीन सेवा दिन सुरु गरेको हो । रातिको समयमा यात्रुहरुलाई पर्ने गरेको अप्ठेरोलाई ध्यानमा राखेर रात्री बस सेवा सुरु गरिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानाए । अस्पतालका कुरुवा, ढिलासम्म काममा रहने कामदार तथा बसपार्कमा राति आइपुग्ने यात्रुलाई लक्षित गरेर ५ वटा रुटमा सेवा थालिएको छ । साझाले ५ वटामध्ये एउटा रुट अस्पतालका बिरामी र तिनका कुरुवालाई लक्षित गरेको छ । पाटन अस्पतालबाट छुट्ने बस त्रिपुरेश्वर आँखा अस्पताल हुँदै बीर अस्पताल, त्रिबि टिचिङ अस्पताल, गंगालाल हृदयरोग केन्द्र हुँदै न्युरो अस्पतालसम्म पुग्नेछ र सोही रुट भएर फर्किनेछ । यसैगरी साझाले न्युरोडगेटबाट नयाँ बनेश्वर कोटेश्वर रुपटमा पनि अर्को बस चलाउनेछ । साढे ११ बजेसम्म यो रुटमा साझा बस आउजाउ गर्नेछन् ।यसैगरी न्युरोडगेटबाटै सिंहदरबार, बानेश्वर, तीनकुनेहुँदै एयरपोर्ट, गौशाला चाबहिल हुँदै जोरपाटी पुग्नेछ र त्यही बाटो भएर फर्किनेछ । यसैगरी न्यरोडगेटबाटै त्रिपुरेश्वर– कालीमाटी–कलंकी रुटमा पनि राति ११ बसेजम्म सझाले सेवा दिनेछ । बायुसेवा निगम अगाडिबाटै ठमेल, सोह्रखुटे, नयाँ बसपार्कसम्म अर्को बस चल्नेछ । यही सबै रुटबाट गएका बस सोही बाटो भएर फर्किने पाण्डेयले बताए । साझाको रात्रीकालीन बसको भाडादर जहाँबाट चढेर जहाँ झर्दा पनि २५ रुपैयाँ तोकिएको छ । सुरक्षाका लागि बसमा सिसी क्यामेराको निगरानी...

Read More

राप्रपामा एक अध्यक्षसहित १६१ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौँ, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशनबाट एक अध्यक्षसहित एकसय ६१ सदस्यीय केन्द्रीय समिति बनाइने भएको छ । पार्टीको आसन्न महाधिवेशनका लागि संशोधन गरिएको विधानमा त्यस्तो व्यवस्था गरिएको हो । नयाँ विधानअनुसार महाधिवेशनमा नयाँ पदाधिकारीका लागि निर्वाचन गरिने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । संशोधन गरिएपछि अध्यक्षको नेतृत्वमा २४ जना पदाधिकारीको कार्यसमिति गठन गरिने छ जसमा तीन उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता, पाँच सहमहामन्त्री, सात सहायकमन्त्री, एक सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ताको व्यवस्था गरिएको छ । तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरण भएपछि अन्तरिम विधान निर्माण गरी दुवै पार्टीको विधानलाई निलम्बन गरिएको थियो । सोही...

Read More

ट्र्याक्टरको टेलारी पल्टिँदा चालकको मृत्यु

फागुन  ४ । उखु लोड भएको ट्याक्टरको टेलारी पल्टिँदा महोत्तरीको गौशाला नगरपालिका–५ मा एकजना ट्र्याक्टर चालकको मृत्यु भएको छ । गएराति उखु लोड गरेको ट्र्याक्टरको टेलारीको पन्चर चक्का मर्मतका लागि खोल्ने क्रममा टेलारी उल्टिन गई सुन्दरपुर–२ घर भई गौशाला नगरपालिका–२ मा बस्दै आएको २२ वर्षीय कमलदेव यादवको घटनास्थलमा नै मृत्यु भएको हो । गौशाला नगरपालिका–५ का देवेन्द्र मल्लको बारीमा रहेको काटिसकेको उखु ज १ त १२७४ नंको ट्र्याक्टरमा लोड गरी रामनगरस्थित एभरेस्ट चिनी मिलमा लैजाने क्रममा पन्चर भएको टेलारीको चक्का खोल्ने क्रममा टेलारी पल्टिँदा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । यादवले आफ्नै ट्रयाक्टरमार्फत भाडामा मल्लको उखु...

Read More