Author: Himalaya Post

गैँडा मारेको चिन्तामा झोपो बानेर शोक यार्ली प्रदर्शन

रत्ननगर, चितवन– तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा आज चितवनको रत्ननगरस्थित सौराहामा झोपो बानेर शोक र्याली प्रदर्शन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका झन्डै ४० वटा सङ्घसंस्थाले संयुक्त रुपमा कार्यक्रम गरी शोक र्याली निकालेका हुन् । यही चैतको अन्तिम साता पश्चिम चितवनको जगतपुरस्थित हरियाली सामुदायिक वनमा तस्करले गैँडालाई गोली हानेर मारी खागसमेत लगेको थियो । त्यसको विरोधमा २२औँ वन्यजन्तु सप्ताहको तेस्रो दिनमा ‘युवा अग्रसरता ः संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने मूल नारासहित आज निकालिएको शोक र्यालीले सौराहाको विभिन्न क्षेत्र परिक्रमा गरी गैँडा चोकमा कार्यक्रम गरिएको छ । संरक्षणमा चेतना दिन यसरी आज शोक र्याली निकालिएको भन्दै चितवन निकुञ्जका...

Read More

धानमा आत्मनिर्भर बनाउन बर्दियामा चैते धान खेती

गुलरिया, बर्दिया– नेपाललाई धानमा आत्मनिर्भर बनाउन सरकारको बृहत्तर धान विस्तार योजनाअन्तर्गत बर्दियामा पनि चैते धान खेती सुरु गरिएको छ । हाल जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका पाताभार, गोला, पशुपतिनगर, मनाउ र खैरिचन्दनपुरका करिब ६ सय बिघा जमिनमा चैते धान खेती गरिएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । कृषि प्रधान देश भनिए पनि नेपालमा वार्षिक रु २५ अर्ब बराबरको धान भारतबाट खरिद हुने गरिएको सो कार्यालयको भनाइ छ । सरकारले आउँदो दुई वर्षभित्रमा नेपाललाई धानमा आत्मनिर्भर बनाई तीन वर्षपछि निर्यात गर्ने उद्देश्यले तराईका जिल्लामा बृहत्तर धान उत्पादन योजना सुरु गरेको हो । सरकारी लक्ष्य पूरा गर्ने उद्देश्यले चैते...

Read More

आसन्न भारत भ्रमणका विषयमा राष्ट्रपतिले पुर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– आफ्नो आसन्न भारतभ्रमणबारे राष्ट्रपति बिद्यादेवी भण्डारीले आज पुर्व प्रधानमन्त्री, पुर्व परारष्ट्रमन्त्री लगायत विभिन्न दलका नेताहरुसँग छलफल गर्दैछिन् । राष्ट्रपति निवास शीतलनिवासमा हुने छलफलमा राष्ट्रपतिले आफ्नो ५ दिने भ्रमणबारे सुझाव लिने बताइएको छ । बैशाख ४ गते भारत जान लागेकी राष्ट्रपति भण्डारीले यसअघि पुर्व राष्ट्रपति डा. रामबरण यादवसँग परामर्श गरेकी थिइन् । राष्ट्रपति कार्यालय शितल निवासमा पुर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव नेपाल, शेरबहादुर देउवा, डा. बाबुराम भटराई लगायतका नेताहरुलाई बोलाएको शीतलनिवास श्रोतले जनाएको छ । त्यस्तै राप्रपा अध्यक्ष कमल थापा, पुर्व–उपप्रधानमन्त्रीहरु वामदेव गौतम, रामचन्द्र पौडेल र उपेन्द्र यादवलाई पनि बोलाइएको बताइएको छ । भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति...

Read More

जोगमाई खोलाबाट ७.५ मेगावाट विद्युत् उत्पादन

इलाम– नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोगमाई खोलाबाट उत्पादित ७.५ मेगावाट बिजुली थप भएको छ । निजी क्षेत्रद्वारा प्रवद्र्धित सान्भी इनर्जीले इलामको नामसालिङ र नयाँबजार गाविसमा पर्ने जोगमाई खोलाबाट विद्युत् उत्पादन सुरु गरेको हो । “प्राधिकरणका प्राविधिकहरूको रोहवरमा विद्युत्गृहको सफल परीक्षणपछि परीक्षण विद्युत् उत्पादन सुरु भएको हो” – सान्भी इनर्जीका प्रबन्ध निर्देशक भानु पोखरेलले भने । पोखरेलका अनुसार हाल उत्पादित विद्युत् प्राधिकरणको गोदकस्थित १३२ र ३३ केभी सवस्टेसनमा आपूर्ति भएको छ । उक्त विद्युत्गृहले वार्षिक रूपमा ४३ लाख युनिट बिजुली उत्पादन गर्छ । आयोजनाले उत्पादन गरेको सबै बिजुली विद्युत्गृहदेखि काबेली करिडोरअन्तर्गत ३३ केभी प्रसारण लाइनमार्फत गोदकस्थित सवस्टेसनमा पुर्याइएको...

Read More

विद्यालय भवन पुनःनिर्माणका लागि प्रवासीबाट १२ लाख सहयोग

म्याग्दी– बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविको कक्षा कोठा भवन निर्माणका लागि अमेरिकाबाट रु १२ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । अमेरिकामा रहेका भकिम्लीका बासिन्दाले सङ्कलन गरेर पठाएको रु १२ लाख १२ हजार २०० शनिबार विद्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको छ । अमेरिकामा रहेका याम पुनको संयोजनमा १३ जनाले सो रकम सङ्कलन गरेर पठाएका हुन् । सहयोगदाताका अभिभावकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुन र प्रअ रामबहादुर पुनलाई रकम हस्तान्तरण गरेका थिए । स्थानीयस्तरबाट सहयोग सङ्कलन गरेर रु तीन करोडको लागतमा ३० कोठे पक्की भवन निर्माण कार्य अघि बढाइएको छ । पहिलो चरणमा १० कोठे भवन निर्माण...

Read More