Author: Himalaya Post

झापाका महिला नेतृ भन्छन् ‘नगरप्रमुखमा उठ्ने मन छ तर पार्टीले उपप्रमुखमा उठ् भन्छ’

काँकडभिट्टा, झापा– झापाको मेचीनगरका महिला नेतृले नगरप्रमुखमा उम्मेदवारी दिने पवल इच्छा जनाए पनि आफू सम्बद्ध राजनीतिक दलले भने उपप्रमुखमा मात्र उम्मेदवार बन्न दबाब दिएको गुनासो गरेका छन् । विभिन्न दलमा आबद्ध रहेर लामो समयदेखि राजनीतिक क्षेत्रमा योगदान पुर्याइरहेका सक्षम महिला नेतृ भए पनि पुरुषलाई मात्र प्रमुखको पदमा पुर्याउने उद्देश्यले महिलालाई उपप्रमुखमा सीमित पार्ने प्रयास भइरहेको उनीहरुको आरोप छ । राष्ट्रि«य प्रजातन्त्र पार्टीबाट मेचीनगरको प्रमुखमा उम्मेदवारी दिने सोचाइ बनाएकी सविना बजगाईंलाई पार्टीले उपप्रमुखकोे उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीभित्र प्रशस्त महिला नेतृ हुँदाहुँदै राप्रपाको हालै सम्पन्न नगर समितिको बैठकले प्रमुखमा अशोक सुब्बा र उपप्रमुखमा सविना बजगाईंलाई उम्मेदवार बनाउने निर्णय...

Read More

भूकम्पपीडित लाङटाङवासीलाई अन्यत्रै जग्गा उपलब्ध गराइने

रसुवा– विसं २०७२ को भूकम्पले हिमाल हल्लाउँदा गएको पहिराले पुरिएका लाङटाङ गाउँका बासिन्दालाई अन्यत्र नै जग्गाजमिन उपलब्ध गराइने भएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा गोविन्दराज पोखरेलको स्थलगत भ्रमणपछि स्थानीयवासीको चाहनानुरुप पहिरोस्थलको जग्गा लाङटाङ राष्ट्रिय निकुञ्जलाई र बस्न उपयुक्त जग्गा साबिक प्रमाणबमोजिम स्थानीयवासीलाई उपलब्ध गराउन प्रक्रिया सुरु भइसकेको रसुवाका प्रजिअ चोमेन्द्र न्यौपानेले जानकारी दिए । आगामी वैशाख १० गतेभित्र भूकम्पविद्को सही तथ्याङ्क लिइने र छिटोभन्दा छिटो बसोबासको टुङ्गो लगाइने छ । हाकु क्षेत्रका गुठी निस्सा भएकालाई तत्काल पुनःनिर्माण र भूकम्पले घर भत्किई बास स्थानान्तरण गर्नुपर्नेका हकमा जग्गा खरिदका लागि तुरुन्तै रकम उपलब्ध गराइने कार्यकारी निर्देशकबाट हाकुवासीलाई...

Read More

आवधिक योजनाका उद्देश्य पूरा गर्न बाँकी : प्रधानमन्त्री दाहाल

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवधिक विकास योजनाले जीवनस्तरमा सुधार देखिए पनि त्यसका लक्ष्य हासिल गर्न बाँकी रहेको बताएका छन् । राष्ट्रिय योजना आयोगले आज आयोजना गरेको ‘मुलुकको रणनीतिक दिशा’ विषयको कार्यशालाको उद्घाटन गर्दै उनले आवधिक विकास योजनाका उद्देश्य हासिल गर्न बाँकी नै रहेको र वर्तमान समय मुलुक जनताको समृद्धिका लागि सामाजिक आर्थिक बलियो आधार बनाउने बेला हो भने । सन् २०३० सम्म नेपालले मध्यआय भएको मुलुकको सूचीमा पुग्ने उद्देश्य राखेको बताउँदै उनले त्यसका लागि उच्च आर्थिक वृद्धि, आर्थिक समानता र सन्तुलित विकास प्रक्रियाका समान अवसर हासिल गर्नुपर्ने आवश्यकतामा जोड दिए। कार्यक्रममा मन्त्री, पूर्वअर्थमन्त्री, अर्थविद्, राष्ट्रिय योजना आयोगका...

Read More

‘सहिदको सपना पूरा भएकै छैन’

इलाम– नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सहिदको सपना अझै पनि पूरा भइनसकेको बताएका छन् । सहिद रत्नकुमार वान्तवाको ३८ औंँ स्मृति दिवसका अवसरमा आज बिहान ठूलो टुँडिखेल नजिकै सालिकमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले सहिद वान्तवाले देखाएको बाटामा निष्ठा र दृढताका साथ अविचलित नभई लाग्न आग्रह गरे । “वान्तवा सामान्य कार्यकर्ता नभई एक कुशल, निडर, क्षमतावान् र नेतृत्वदायी व्यक्तित्व थिए”, उनले भने। सोही अवसरमा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सहिदको सपना अझै पनि साकार नभएकाले संविधान कार्यन्वयनमा दृढतापूर्वक लाग्नुपर्नेमा जोड दिए। ‘सहिदको सपना अझै पूरा भएको छैन, अब तीनै तहको निर्वाचन सम्पन्न गरेर देशलाई आर्थिक समृद्धिको मार्गतर्फ...

Read More

बहुप्रतीक्षित धनगढी प्रिमियर लिग क्रिकेट आजदेखि

काठमाडौँ– नेपाली क्रिकेटको व्यवसायीकरणको कोशेढुङ्गा मानिएको सगरमाथा धनगढी प्रिमियर लिग क्रिकेट डीपीएल आज सुरु हुने भएको छ । विभिन्न ६ सहरलाई फ्रेन्चाईज शैलीमा समावेश गर्दै अक्सनका आधारमा खेलाडी छनोट गरेर सञ्चालन गर्न लागिएको प्रतियोगिता १४ दिन सम्म चल्नेछ । प्रतियोगिताको विजेता टोलीले १५ लाख र उपविजेताले ७ लाख रुपैया प्राप्त गर्नेछन । धनगढी टोलीको कप्तानी पारस खड्का, रुपन्देहीको शक्ति गौचन, काठमाण्डौको बसन्त रेग्मी, अत्तरियाको ज्ञानेन्द्र मल्ल, विराटनगरको शरद भेषवाकर र कन्चनपुरको बिनोद भण्डारीले गर्नेछन । धनगढीस्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा च्यारिटी खेलसँगै प्रतियोगिताको उदघाटन हुनेछ । प्रतियोगिताका औपचारिक खेल भोलीबाट सूरु हुने भएपनि आज राष्ट्रिय क्रिकेट टिमले धनगढी...

Read More