Author: Himalaya Post

एउटी आमाको काखमुनी ४५ सन्तान

गोपाल प्रसाद पोखरेल, मोरङ– एउटी महिलाका सन्तान ४५ जना छन् भन्दा कसले पत्याउला ? तर, उर्लाबारीकी मीना बरालका भने ४५ जना सन्तान छन् । तर मीनाले ती ४५ सन्तान आफूले जन्माएका भने हैनन्, सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका उनले निर्वाह गरिरहेकी छन्। सुरुका दिनमा बालगृह सञ्चालन गर्दा ‘कमाइखाने’ भाँडो बनाउन संस्था खोलेको भन्दै कतिपयले कुरा काट्दा मोरङ उर्लाबारीकी मीना बराललाई राम्रो काम गर्न खोज्दा पनि साथ नपाइने हो कि भनेर चिन्ता लागेको थियो । तर सोच सही भएकाले आज तिनै बराल सफल तथा उदाहरणीय महिलासमेत बनेकी छिन् । उनी भन्छििन्, “अहिले सुरुमा विरोध गर्नेले अहिले मलाई सकारात्मकरूपमा...

Read More

सगरमाथा आरोहणका लागि बाटो खुल्ला

सोलुखुम्बु– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ । आइसफल डाक्टरले दुई साता लगाएर हिमपातका कारण भत्किएका बाटो पुनः निर्माण गरेपछि आरोहणका लागि बाटो खुल्ला भएको हो । गत चैत ८ गतेदेखि आधार शिविरबाट क्याम्प–२ सम्म जाने बाटो निर्माणका लागि आठजना आइसफल डाक्टर खटिएका थिए । टोलीले हिमपातका कारण भत्किएका पुराना बाटाको मर्मत, आरोहणमा प्रयोग हुने डोरी र भ¥याङको व्यवस्थापन गरेको छ । खराब मौसमका बाबजुद पनि बाटो निर्माण कार्य सम्पन्न गरिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिए । एसपिसिसीले हरेक वर्ष हिमाल आरोहणअघि क्याम्प–२ सम्म बाटो निर्माण गर्दै आएको छ...

Read More

 सरकारबाट ठोस निर्णय नआए अप्ठेरो हुन्छ: प्रमुख आयुक्त यादव

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनका सम्बन्धमा मधेसमा उठ्दै आएको समस्याबारे यथाशक्य छिटो ठोस निर्णयमा पुग्न सरकारलाई सुझाव दिएका छन् । निर्वाचन आयोगद्वारा आज ललितपुरको गोदावारीमा आयोजित निर्वाचन व्यवस्थापन तथा सञ्चालन विषयको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले भने – “आज बेलुकासम्म नेपाल सरकारबाट ठोस निर्णय आउन सकेन भने हामीलाई अप्ठेरो हुन्छ ।” “धेरै मतदाता भएका मधेसका जिल्लाको मतपत्र र मतदाता परिचयपत्र छपाइ थालिहाल्नु समय भइसकेकाले त्यसअघि नै सरकारबाट ठोस निर्णय हुन आवश्यक छ, सरकारबाट त्यो हुन नसके आयोग दृढतापूर्वक सबै क्षेत्रको मतपत्र छपाइ गरेर निर्वाचनको पूर्ण तयारीमा जुट्ने छ” – प्रमुख आयुक्त यादवले भने । नेपाल...

Read More

अवहेलना मुद्दामा देउवालाई १० दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा कारण देखाऊ आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज काँग्रेसका सभापति देउवालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा १० दिनभित्र लिखित जवाफसहित उपस्थित हुन नेपाली काँग्रेस पार्टी कार्यालयका नाममा आदेश दिएको हो । आदेशमा के कारणले अदालतको अवहेलनासम्बन्धी अभिव्यक्ति दिएको हो सोे खुलाई लिखित जवाफ पेस गर्न भनिएको छ । अधिवक्ता हरिप्रसाद मैनालीले नेपाली काँग्रेस र नेपाली काँग्रेसका सभापति देउवालाई अदालतको अवहेलना गरेको आरोपमा यही चैत २० गते मुद्दा दायर गरेका थिए । मुद्दामा नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप...

Read More

एक दुई दिनभित्रै प्रत्येक जिल्लामा मतदाता शिक्षा सामग्री पठाइने

काठमाडौँ– निर्वाचन आयोगले एकदुई दिनभित्रै प्रत्येक जिल्लामा मतदाता शिक्षा सामग्री पठाउन लागेको छ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदातालाई सुसूचित बनाउन चाहिने मतदाता शिक्षा सामग्री एक महिनाअघि नै पठाउन लागेको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतदातालाई सुसूचित बनाउन पाँच प्रकारका पोस्टर, मतदाता शिक्षा हाते पुस्तिका, निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयम्सेवक सहयोगी पुस्तिका, स्थानीय तहको निर्वाचनको बारेमा सोधिने प्रश्न र सोको उत्तरसम्बन्धी ब्रोसरलगायतका सामग्री जिल्लामा पठाउन लागिएको जानकारी दिए । उनले भने, “निर्वाचन मतदाता शिक्षा छपाइका लागि २८ वटा छापाखानालाई काम दिएका छौँ उक्त छापाखानाले तीव्ररुपमा काम गरिरहेका छन् सबै सामग्री आयोगमा आइसकेपछि...

Read More