प्रहरी आइजिपी अर्यालको नियुक्तिविरुद्ध सिलवालको रिटमा अन्तरिम आदेश नहुने
काठमाडौँ– सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा प्रकाश अर्याललाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न अन्तरिम आदेश जारी नहुने बताएको छ। नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) मा प्रकाश अर्याललाई नियुक्त गर्ने मन्त्रिपरिषदको सोमबार साँझको निर्णय बदर गर्न माग गर्दै डिआइजी नवराज सिलवालले मंगलबार सर्वोच्च अदालतलमा रिट निवेदन दायर गरेका थिए। उक्त रिटमाथि न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासले सिलवालले मागेअनुसारको अन्तरिम आदेश दिन नमिल्ने भनेको सर्वोच्च अदालतको वेवसाइटमा उल्लेख छ। साथै सर्वोच्चले अर्याललाई महानिरिक्षक पदमा नियुक्ति गर्नुको कारण पनि माग गरेको छ। आइजिपीका दाबेदार चार डिआइजीमध्ये वरिष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा आफू सबभन्दा माथि रहेको दाबी गर्दै सरकारको निर्णयविरुद्ध रिट...
Read More