Author: Himalaya Post

निर्वाचनमा सहभागी भएर आफ्ना गुनासा सम्बोधन गर्न मधेशी मोर्चालाई ओलीको आग्रह

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानप्रति असन्तुष्टी जनाएर आन्दोलन गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग आबद्ध दलहरुलाई स्थानीय तहको निर्वाचनमा सहभागी भएर आफना गुनासा सम्बोधन गर्न आह्वान गरेका छन् । मधेशी मोर्चा र ती दलसँग आबद्ध दलहरुको नामोच्चारण नगरीकन अध्यक्ष ओलीले लोकतान्त्रिक विधि र निर्वाचनकै माध्यमबाट समस्या समाधानमा सकारात्मक योगदान गर्न आह्वान गरेका हुन् । ‘लोकतन्त्रले हामी सबैलाई आफ्ना गुनासा, असन्तुष्टि र मागहरुलाई वैधानिक परिधिभित्रैबाट समाधान गर्ने अवसर प्रदान गर्दछ । आवधिक निर्वाचनका माध्यमबाट आफ्ना मान्यताहरुको परीक्षण र जनअनुमोदन गराउने तथा त्यसका आधारमा संवैधानिक पद्धतिलाई थप परिष्कृत र विकसित गर्दै लैजाने आधार उपलब्ध गराउनु...

Read More

चलचित्र ‘प्रेमगीत-२’ को शिर्षगीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ– संगीतकै कारण अघिल्लो वर्षको सफल मानिएको चलचित्र ‘प्रेमगीत’को सिक्वेल तथा बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत-२’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘कहानी यो प्रेम गीतको’ बोलको उक्त गीतमा कल्याण सिंहको संगीत रहेको छ। रोहित जोन क्षेत्री र श्रेया सोताङ्गको स्वर रहेको उक्त गीतको भिडियोमा प्रदिप खड्का र आश्लेसा ठकुरीको अभिनय छ। रेनशा वान्तवा राईले यस भिडियोका लागि नृत्य निर्देशन गरेकी हुन्। फिल्ममा ‘प्रेम गीत’ बाट चर्चामा आएका नायक प्रदिप खड्का, नवनायिका आश्लेशा ठकुरी, शिशिर भण्डारी, श्रद्धा प्रसाई, कैलाश कट्वाल लगायतको अभिनय छ। फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन्। रामशरण पाठकले निर्देशन गरेको उक्त फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका छन्।...

Read More

निर्वाचनका लागि भारतबाट घर फर्किदै कर्णालीवासी

कालीकोट– स्थानीय तहको निर्वाचनका लागि भारतबाट घर फर्किदै गरेका धौलागोहका परे विकको अनुहारमा उत्साह निकै उत्साह देखिन्छ । स्थानीयस्तरमा आफूले चाहेकोे विकासप्रेमी नेता छान्न पाउने अवसर लामो समयपछि आएकामा आफूलाई हतार भएको जस्तो लागेको उल्लेख गर्दै उनले भने, “अहिलेको स्थानीय तहको निर्वाचनमा भोट हाल्न आतुर छु । ” ‘यसअघि वडा सदस्यमा विजयी भएका विकले यस पटकको निर्वाचनमा वडाध्यक्षमा उम्मेदवारी दिने चहना रहेको बताए । उनीजस्ता कयौं कालीकोटवासी लामो समयपछि हुनलागेको स्थानीय तहको निर्वाचनको समय नजिकिँदै गर्दा भारत गएका कर्णालीवासी भित्रिन थालेका हुन् । मङ्सिरमा हिँउदेबाली भित्र्याएर भारत गएका हुम्ला, जुम्ला, मुगु, कालीकोटका बासिन्दा अहिले घर फर्किने क्रम बढेको हो...

Read More

गैँडा मारिएपछि निकुञ्जमा सुरक्षा सतर्कता बढाइयो

चितवन– शून्य चोरी सिकारको तीन वर्ष पुग्नै लाग्दा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुर्लभ एक सिङ्गे गैँंडा मारिएपछि नयाँ रणनीतिका साथ सुरक्षाकर्मी परिचालन गरिएको छ । विगतमा पनि यसै समयमा गैँडा मारिएपछि निकुञ्जमा सुरक्षा योजना महाहन्ट चलिरहेका बेला यही चैत २५ गतेराति जगतपुरको हरियाली मध्यवर्ती सामुदायिक वनमा एउटा भाले गैँडा सिकारीले मारेका थिए । आउँदो वैशाख २० गते शून्य चोरी सिकारको तीन वर्ष पुग्दै थियो । २०७१ वैशाख १९ गते अहिले गैँंडा मारिएको क्षेत्रबाट एक किलोमिटरको दुरीमापर्ने ध्रुव घाटमा गैंँडा मारिएको थियो । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार रात्रिकालीन गस्तीमा जोड दिइएको छ । यसअघि चारवटा गाडीले रात्रिकालीन...

Read More

नुवाकोटमा ऐतिहासिक सिन्दूरे जात्रा मनाइँदै

नुवाकोट– नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्राको विशेष दिन आज सिन्दूरे जात्रा मनाइँदै छ । जात्राको मुख्य तथा विशेष दिन आज अपराह्न नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सिन्दूरे जात्राको सबै तयारी पूरा भएको छ । दुई दिनसम्म देवीघाटस्थित जालपादेवी मन्दिरमा विराजमान गराएपछि भगवान्स्वरुप रहेका धामीधमिनी अहिले नुवाकोटको धरमपानी पुगेका छन्। गएको मध्यरात देवीघाटबाट नुवाकोटको लागि प्रस्थान गरेका धामीधमिनीसहित देवीघाटको जालपादेवी मन्दिरमा लगिएको भैरवी देवीको मुकुटलगायतको भगवान् बिहान ४ बजे धरमपानीमा पुर्याइएको हो । अहिले धरमपानीमा आराम गरिरहेका धामीधमिनी र रथको पूजाआजासहित अपराह्न भैरवीदेवी मन्दिरमा फर्किएर सिन्दूर खेलेपछि ऐतिहासिक सिन्दूरे जात्राको विशेष रौनक छाउन सुरु हुने धार्मिक एवम् वैदिक विधि रहेको...

Read More