Author: Himalaya Post

पाल्पामा माटोका भाँडा लोप हुने अवस्थामा

पाल्पा, फागुन २२ । जिल्लामा परम्परादेखि चलनचल्तीमा हातले कुदेका कलात्मक माटाका भाँडा अहिले लोप हुँदै गएको छ । माटाकै भाँडा बनाएर राम्रो पहिचान बनाउँदै आएका कुमाल समुदायले निर्माण गर्ने परम्परागत हाँडी, घैँटा, चिलिम, पाला, खुत्रुकेलगायतका भाँडा अहिले पाइन छाडेका छन् । बजारमा आधुनिक प्लाष्टिकका भाँडाको प्रयोग बढ्दै गएकाले घरायसी उपयोगका लागि प्रयोग हुँदै आएका यी माटाका भाँडाको चलन घटदै जाँदा कुमालेको पेसा नै लोप हुन पुगेको हो । रामपुर–१५ गेझाका तल्लो र माथिल्लो गाउँ नै कुमाल समुदायले ढाकेको छ । यिनीहरुले विगतमा माटाका भाँडा बनाएर जीविकोपार्जन गरे पनि अहिले सो पेसा नै लोप हुँदै गएको स्थानीय दामोदर तिमिल्सिनाले बताए...

Read More

होली पर्व आजबाट सुरु, हनुमानढोकामा चीर ठड्याइयो

काठमाडौँ, फागुन २२ । रंगहरुको पर्व होली आइतबारबाट औपचारिक रुपमा सुरु भएको छ । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा आइतबार बिहान रंगी विरंगी कपडाहरु बाँधिएको तीन तले चीर ठड्याएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ । बिहान ८ बजेर १५ मिनेटको शुभ साइतमा सप्तरंगी चीर ठड्याइएको छ । त्यस अवसरमा नेपाली सेनाको गुर्जु पल्टनले हर्ष बढाइसमेत गरेको थियो । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुण्ड्याइएको बाँसको तीन तले चीर ठड्याएपछि मुलुकभर होली सुरु भएको मानिन्छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म ८ दिन होली पर्व मनाउने गरिन्छ । यस वर्ष पहाडी जिल्लाहरुमा फागुन २९ गते र...

Read More

पोखरामा पुनः वर्ड फ्लु देखियो, पंक्षीजन्य पद्धार्थ किनबेचमा प्रतिवन्ध

काठमाडौँ, फागुन २२ । पोखरामा फेरि अर्को ठाउँमा बर्ड फ्लु देखिएको छ । पोखराको खाल्टेमसिनास्थित मिना परियारले पालेका कुखुरामा बर्ड फ्लु देखिएको ठ्याक्कै एक हप्तापछि सोही क्षेत्र नजिक रहेको दीपेन्द्र केसीले पालेका कुखुरामा पनि बर्ड फ्लु देखिएको हो । केसीको कुखुरा फारम यसअघि पनि बर्ड फ्लु देखिएको परियारको कुखुरा फारम भन्दा करीब डेढ सय मिटरको दुरीमा पर्दछ । केसीले पालेका कुखुरा भकाभक मर्न थालेपछि परीक्षणका लागि विभागमा पठाउँदा बर्ड फ्लु पुष्टी भएको पशु चिकित्सक एवम् सूचना अधिकृत ठगेन्द्रप्रसाद अर्यालले जानकारी दिए । बर्ड फ्लु देखिएको क्षेत्रको साढे एक किलोमिटर क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । खाल्टेमसिनास्थित पूर्वक्याम्पस रोडदेखि...

Read More

मुगुमा मोबाइल वितरण गर्न टुडिखेलमा मोबाइल फाल्ने प्रतियागिता

काठमाडौँ, फागुन २२ । मुगुका विपन्न महिलाहरुलाई मोबाइल सेट वितरण गर्ने उद्देश्यले काठमाडौंमा मोबाइल फाल्ने प्रतियोगिता भएको छ । टुडिखेलमा शनिबार भएको मोबाइल फाल्ने प्रतियोगितामा करिब सय प्रतियोगि सहभागी थिए । आयोजक रोटरी क्लब अफ रुऽमतिले प्रतियोगिताबाट संकलित रकमले मोबाइलको पहुँच नपुगेका मुगुका स्थानीय महिलालाई मोबाइल सेट उपलब्ध गराइने जनाएको छ । प्रतियोगितामा सहभागी हुनेले प्रवेश शुल्कबापत एक हजार रुपैयाँ तिरेका थिए । आयोजकले प्रतियोगितालाई १४ वर्ष मुनि र त्यो भन्दा माथिका महिला र पुरुष गरी तीन भागमा विभाजन गरेर प्रतियोगिता गरेको थियो । हरेक समूहबाट सबैभन्दा टाढा मोबाइल फाल्नेलाई उपहार स्वरुप एउटा स्मार्टफोन प्रदान गरिएको छ । क्लबले...

Read More

स्थानीय चुनावमा ७५ हजार म्यादी प्रहरी खटाइने

काठमाडौँ, फागुन २२ । सरकारले आगामी निर्वाचनमा ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको छ । केन्द्रीय सुरक्षा समितिले चुनावमा करिब २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । जसमध्ये ७५ हजार म्यादी प्रहरी भर्नाका लागि गृह मन्त्रालयको तयारी छ र, सम्भवत आइतबार मन्त्रिपरिषदमा प्रस्ताव जानेछ । करिब २२ हजार मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले मात्र सुरक्षा दिन नसक्ने भएपछि गृह मन्त्रालयले म्यादी प्रहरीको प्रस्ताव गरेको हो । २०७० को स्थानीय चुनावमा ४५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । म्यादी प्रहरीमा दलका कार्यकर्ता भर्ती हुने र तिनीहरुले निष्पक्ष निर्वाचनमा असर पार्ने गरेको आलोचना हुने...

Read More