Author: Himalaya Post

यौन सम्बन्धपछिको झगडाले भाउजूद्वारा देवरको हत्या

बागलुङ– बागलुङ नगरपालिका–१३ पैंयुपाटाका रीता नेपालीले आफ्नै देवर २५ वर्षीय विनोद हरिजनको हत्या गरेको खुलेको छ । ‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि नेपालीले सहयोगीमार्फत देवरको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । घटनाका दोषी २६ वर्षीया नेपाली र ३२ वर्षीय टेकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार राति रीता र टेकबहादुर मिलेर विनोदको घाँटी थिची हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङले बताए । यौन सम्बन्ध राख्दै आएका भाउजू र देवरबीचको झगडाले हत्याको रुप लिएको हो । “झगडा बढ्दै गएपछि रीताले टेकबहादुरलाई घरमै बोलाइ दुवै जना मिलेर विनोदको हत्या...

Read More

बाजुरामा चन्दा सङ्कलन गरी सडक निर्माण

बाजुरा– बडिमालिका नगरपालिका–२ मा शिक्षक, कर्मचारी र स्थानीयवासीबाट चन्दा सङ्कलन गरी सडक निर्माण गरिएको छ । नगरपालिका–२ का स्थानीयवासीले रु १२ लाख चन्दा सङ्कलन गरी सडक निर्माण गरेका हुन् । बुढालेखदेखि जाल्पादेवी उमाविसम्मको दुई किलोमिटर सडक निर्माण गरिएको स्थानीय नरबहादुर विकले बताए । बडिमालिका नगरपालिका–२ का स्थानीयले मार्तडी थामलेख सडक निर्माण सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापनपत्र बुझाइएको वडा नागरिक मञ्चका अध्यक्ष सरिता दानीले बताइन् ।साथै जिल्ला प्रशासन कार्यालय बाजुराको मार्तडी थामलेख सडक निर्माण कार्य सञ्चालन गर्नका लागि ज्ञापनपत्र समेत बुझाएका थिए । तत्कालीन जिल्ला विकास समिति बाजुराअन्तर्गत जिल्ला आयोजना(ड्रिलिप) बाजुराले वडा नम्बर २ सडक निर्माण अधुरै...

Read More

राज्यमन्त्री खड्काद्वारा मेलम्चीको प्रगतिबारे रातारात अनुगमन

काठमाडौँ– खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे रातारात अनुगमन गरेका छन्। मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय–२ लाई उपत्यकाभित्र खोपानीको पाइप बिच्छ्याउने काम दिए पनि तीव्र गतिमा काम गर्न नसकेको जनगुनासो आएपछि राज्यमन्त्री खड्का मङ्गलबार राति १० बजेदेखि ११ः३० बजेसम्म अनुगमनमा निस्किएका हुन्। राज्यमन्त्री खड्काले कान्तिपथ, लाजिम्पाट र पानीपोखरीमा भइरहेको मेलम्ची खानेपानीको कामको बारेमा जानकारी लिएको थिए । कान्तिपथको कालोपत्र गर्ने जिम्मा रमन कन्टक्सननलाई दिइएको छ भने पानीपोखरीको पाइप बिच्छ्याउने काम आयोजना आफैँले गरिरहेको छ । मेलम्चीले भत्काएको बाटो समयमा कालोपत्र नहुँदा उपत्यकाको धुलोको मात्रा अत्याधिक बढेको भन्दै उनले चाँडो कालोपत्र गर्र्न निर्देशन दिए । उनले...

Read More

सप्तरी गोलीकाण्डका मृतक परिवारलाई मोर्चाद्वारा क्रिया खर्च

राजविराज– एक हप्ता अगाडि प्रहरीको गोली लागेर मृत्यु भएका पाँचैजनाको परिवारजनसँग मधेसी मोर्चाका नेताले क्रिया खर्च प्रदान गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले मृतक पाँचै जना परिवारलाई मोर्चाको तर्फबाट प्रत्येक परिवारलाई जनही रु ५१ हजारका दरले क्रिया खर्चबापत आर्थिक सहयोग गरेका छन् । मोर्चाका अध्यक्ष दिनेशकुमार यादवसहित अन्य नेता तथा कार्यकर्ताले मृतक परिवारलाई घरमै पुगेर क्रिया खर्चबापत आर्थिक सहयोग गरेको मोर्चाले जनाएको छ । नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत सप्तरीमा आयोजित जनसभालाई बिथोल्न पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच एक हप्ता अगाडि झडप भएको थियो । सो झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर सप्तरीको मलेठ...

Read More

धुर्मुस सुन्तलीको प्रेरणाले मुसहरका बालबालिका विद्यालय जान थाले

महात्तरी – हाँस्य कालाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को उच्च जनचेतना र प्रेरणाले महोत्तरीको बर्दिवासका ६० मुसहर परिवारका बालबालिका विद्यालय जान थालेका छन् । जिल्लाको रातो खोलाका बगरमा बालुवा चाल्ने, ढुङ्गा सङ्कलन गर्ने र जङ्गलबाट दाउरा बोक्ने काममा व्यस्त रहने बर्दिवास नगरपालिका–२ स्थित मुसहरबस्तीका बालबालिका धुर्मुस सुन्तलीको प्रेरणाले स्कुल जान थालेका छन् । धुर्मुस सुन्तलीले सो बस्तीमा सामूहिक आवास बनाउनुका साथै ढिलै भए पनि शिक्षित भए बालबालिकाको भविष्य उज्ज्वल हुने मुसहर बस्तीका अभिभावकलाई बुझाएपछि अभिभावकले आ–आफ्ना बालबालिकालाई स्कुल पठाउन थालेका हुन् । धुर्मुस र सुन्तली फाउन्डेसनले मुसहर बस्तीमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि मुसहर समुदायका अभिभावकले...

Read More