Author: Himalaya Post

पूर्व सांसद रामहरि ढुङ्गेलको निधन

काठमाडौँ– नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पूर्व सांसद रामहरि ढुङ्गेलको राजधानीको डिल्लीबजारस्थित आफ्नै निवासमा सुतिरहेकै अवस्थामा निधन भएको छ । पूर्व सांसद ढुङ्गेल बस्दै आएको कोठामा बिहान मृत अवस्थामा भेटिएको काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । बिहान अबेरसम्म ढोका नखुलेपछि उनका भतिजाले चुक्कुल फोडेर कोठाको ढोका खोलेका थिए । उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लैजाने काँग्रेसले जनाएको छ । पूर्व कृषि सहायकमन्त्री समेत रहेका ढुङ्गेल अविवाहित थिए । डिल्लीबजारस्थित एक कोठाको भाडामा सादगी जीवन जिउँदै आएका उनी २०५६ को आमनिर्वाचनमा रामेछाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए...

Read More

७५ प्रतिशत हाजिर नपुगेर इलाममा दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित

इलाम– आजदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षामा(एसइई) इलामबाट यसपटक दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । समयमा नै विद्यालयमा राजस्व नबुझाएको, बिचमै विद्यालय छाडेका र ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीहरूले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यलय इलामले जनाएको छ । कार्यलयका अनुसार यसवर्ष नियमिततर्फ चार हजार ५६४ जना परीक्षार्थी सामेल हुने भएका छन् । एक्जाम्टेडतर्फ तीन सय १४ र आंशिकतर्फ (डी र इ ग्रेट ल्याउने) एक सय ५० जना गरी पाँच हजार ५२८ जना परीक्षार्थी सामेल भएका छन् । इलाममा यसवर्ष २६ वटा परीक्षा केन्द्र तोकिएका छन् । विद्यार्थी सङ्ख्या नपुगेका कारण यसपटक सातवटा परीक्षा केन्द्र...

Read More

अमेरिकामा ४१ इन्च हिमपात हुँदा ६ जनाको मृत्यु

काठमाडौ–अमेरिकामा हिमपातसहित आएको हिमआँधीबाट कम्तीमा ६ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। उनीहरूका अनुसार मर्नेहरूमा विसकन्सिनमा दुई र मासाचुसेट्स, न्युयोर्क, कनेक्टटिकट र न्यु ह्याम्पशायरमा एक एकजना छन्। मौसम सम्वन्धी अधिकारीहरूका अनुसार मंगलबार न्युयोर्कको ब्रिजवाटरमा सबैभन्दा धेरै ४१ इन्च हिमपात भएको थियो भने पेन्सिलभेनिया र न्युयोर्कको अप स्टेटमा पनि ३० इन्चसम्म हिमपात भएको थियो। हिउँआँधी अमेरिकाको उत्तरपूर्वी क्षेत्रबाट एटलान्टिकतिर अगाडि बढेकोले त्यस क्षेत्रको मौसम सामान्य बन्दै गएको बताइएको...

Read More

सिफारिसअनुसार केन्द्र नभएको भन्दै बाजुराका अधिकांश स्थानीय आक्रोशित

बाजुरा– बाजुराको साबिकको बाँधु, रुविन र बिच्छ्या गाविस मिलाएर हिमाली गाउँपालिका बनाउन स्थानीय सहमति गरिएको थियो । गाउँपालिका बनाउने सहमतिसँगै गाउँमै गएर प्राविधिक समितिले केन्द्रको टुङ्गो लगाएको थियो । साबिक तीन गाविसबीचको स्थान धुलाचौर केन्द्र बनाउने सहमतिसहित आयोगमा नामसहित प्रस्ताव गरियो । तर आयोगको सिफारिसअनुसार राजपत्रमा प्रस्ताव गरिएको स्थानमा नपरेको भन्दै स्थानीयबासीले विरोध जनाएका छन् । राज्यको पुरानो संरचना नै भएको स्थानमा केन्द्र बनाउनुपर्ने दाबीसहित बाँधु गाविस कार्यालय रहेको स्थानमा केन्द्र राख्न भनिएको छ । सरकारको निर्णयले बिच्छ्या र रुगिनका जनताका लागि विकेन्द्रीकरणले न्याय नभई अन्याय थपिएको स्थानीयको भनाई छ । बिच्छ्याबाट बाँधु पुग्न एकदेखि दुई दिनसम्म लाग्छ ।...

Read More

जेठ २२ मा ‘हिटलर’ रिलिज हुने

काठमाडौँ–लभ स्टोरी तथा कमेडी शैलिमा बनाइएको नेपाली फिल्म ‘हिटलर’को प्रदर्शन मिति घोषणा भएको छ । २०७४ साल जेठ १२ गतेबाट रिलीज हुने चलचित्रका निर्देशक सौरभ ढकालले बताएका छन् । चलचित्रमा नव नायिका सामिया बर्तौला राणा खानदानकी छोरीको रुपमा देखिने छिन्। सामियाले यसै चलचित्रबाट नेपाली फिल्म जगतमा पाईला चालेकी हुन् । फिल्मका निर्देशक सौरभ ढकालले ‘हिटलर’ प्रेम र कमेडीको मिश्रणको रुपमा बनेको चलचित्र रहेको बताए । हिटलरमा सोहित मानन्धर, सामिया बर्तौला, मेनुका प्रधान, दिवस धिताल, ए गुरुङ लगायतका कलाकारको अभिनय छ । लोचन घिमिरेको संगीत, सूर्य थोकर लामाको एक्सन, अरुणराज पौडेलको छायांकन, कृष्ण के अच्छामीको कोरियोग्राफी छ । मुगु र...

Read More