Author: Himalaya Post

बुधबार सम्मका लागि संसद बैठक स्थगित, संसद भवनभित्रै सर्वदलीय बैठकको आह्वान्

काठमाडौ, फागुन १० । मंगलबारका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको छ  । संसद बैठकअघि दलहरुवीच भएको अनौपचारिक कुराकानीमा मंगलबारको संसद बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने कि नगर्ने भन्नेमा सहमति नभएपछि संसद बैठक बुधबार दिउसो २ बजेसम्मलाई सुचना टाँसेर स्थगित गरिएको हो । संविधान संशोधनको विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्ष एमालेबीच कुरा मिलेको छैन । सहमतिको प्रयास खोज्न प्रधानमन्त्री प्रचण्डले आजै संसद भवनभित्र सर्वदलीय बैठक आह्वान गरेका छन् । सर्वदलीय बैठक मंगलबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए...

Read More

बझाङ र बाजुरामा बङ्गलादेशी उसिना चामल

फागुन १० । बङ्गलादेश सरकारले उपलब्ध गराएको उसिना चामल सेती अञ्चलका बझाङ् र बाजुरामा ‘कामका लागि खाद्यान्न कार्यक्रम’ मा उपयोग गरिने भएको छ । बझाङ्मा २६ हजार क्विन्टल र बाजुरामा २० हजार क्विन्टल उसिना चामल पठाउन लागेको नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयका निमित्त प्रमुख गङ्गादत्त पन्तले जानकारी दिए । कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत सडक निर्माणलगायत विकास सम्बन्धी योजनामा सो चामल प्रयोग गरिने छ । यस अघि उक्त चामल भूकम्प प्रभावित क्षेत्र तथा खाद्यान्न अभाव हुने दार्चुला, बझाङ्, बाजुरा, अछामलगायत जिल्लामा ढुवानी अनुदानमा बिक्री वितरण हुने गरेको थियो । खाद्यान्न अभाव हुने जिल्लामा उसिना चामलको माग नहुँदा गोदाममा मौज्दात...

Read More

केपी आलीद्वारा मेची– महाकाली अभियानमा अबरोध नगर्न आग्रह

काठमाडौँ, फागुन १० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेदेखि चैत ४ गतेसम्म हुन लागेको आफ्नो दलको मेची–महाकाली अभियानलाई अवरोध पुग्ने खालका कार्यक्रम नगर्न सबैलाई आग्रह गरेका छन् । एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज ‘मेची महाकाली राष्ट्रिय अभियान’, व्यवस्थापन कार्यालयको आज उद्घाटन गर्दै उनले पार्टीको पूर्वनिर्धारित कार्यक्रम भएकाले अवरोध नपुर्याउन सम्पूर्ण राजनीतिक दल र सङ्घसंस्थालाई अनुरोध गरेका हुन् । हिमालदेखि तराई तथा पूर्वदेखि पश्चिम पुग्ने सो अभियानबाट मुलुकको राष्ट्रिय एकता, लोकतन्त्र, विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । “अभियानमा तय गरिएका नारा वडा, वडा र गाउँ गाउँमा गुञ्जिनुपर्छ, प्रत्येक कार्यकर्ता एक पटक...

Read More

सरकारद्वारा स्थानीय निकायको निर्वाचनको मिति घोषणा

काठमाडौ, फागुन १०।    लामो समयको रस्साकस्सी पछि  सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते गर्ने घोषणा गरेको छ। सोमबार तीन चरणमा बसेको मन्त्रिपरिषद् बैठकको अनुमोदन र त्यसअघि निर्वाचन आयोगसँगको परामर्शपछि विगत १९ वर्षसम्म अवरुद्ध भएको स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिएको हो । निर्वाचन आयोगले निर्वाचनको तयारीका लागि करीब १२० दिन चाहिने बताए पनि सरकारले बैशाख ३१ गते निवार्चनको मिति तोकेको छ । जुन मिति आउन अब ८२ दिन मात्र बाँकी छ । निवार्चनको तयारीका लागि मन्त्रिपरिषद्ले निर्वाचन आयोगलाई तत्कालै १० अर्ब २९ करोड ६३ लाख ७६ हजार सात सय ७५ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।...

Read More

भारी मतान्तरका साथ राप्रपा अध्यक्षमा थापा विजयी

काठमाडौँ, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित हुनु भएका छन्। एकता महाधिवेशनअन्तर्गत आज भएको मतदान प्रक्रियामा थापाले दुई हजार ८०४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले २५१ मतमात्र प्राप्त गरे । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार कुल तीन हजार १३६ मत सदर तथा ८१ मत बदर भएको छ । अध्यक्षमा निर्वाचित भएसँगै थापाले कार्यकर्ताको भावनालाई सम्मान गर्दै गुटबन्दीलाई अन्त्य गर्ने बताए । कार्यकर्तालाई अन्याय हुन नदिने बताउँदै अध्यक्ष थापाले आगामी दिनमा पार्टीलाई एकताबद्ध गरी राष्ट्रिय राजनीतिमा पार्टीले मुख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । मङ्गलबार केन्द्रीय सदस्यका लागि निर्वाचन गरिनेछ । पार्टीको...

Read More