Author: Himalaya Post

युवा हो, अब बोलेर होइन गरेर देखाऊ !

– धीरु बस्न्यात नेपालको आफ्नै इतिहास छ । इतिहास रच्ने अग्रजहरुको स्तुति गाउँदै नयाँ पिढीँले राष्ट्रको लागि त्याग, तप, जप र समपर्णताकोभावसहित योगदान दिनुपर्छ। विश्व सबै देशहरुमा आखिर उनीहरूका पुर्खाले छोडेका देशलाई तत्कालीन युवा पिढीँहरुले आ–आफ्नो देश बनाएका हुन्। जापानमा अमेरिकन आणविक बम खस्यो, ठूलो तवाह भयो । तर, जापान तीन–चार दशकको युवाहरुको अथक परिश्रमले प्रविधिको क्षेत्रमा पहिलो नम्बर बन्यो। त्यो बेलाको युवा अहिले बुढेसकालमा छन् । तर, उनीहरुले त्यो बेला गरेकै मेहनतको फल र ब्याजले नै सुखदको जिन्दगी गुजारी राखेका छन् । मैँले धेरै अन्तर्राष्ट्रिय सेमिनारहरुमा जापानीहरुसँग भेटेको छु । उनीहरु कम, बिस्तारै बोल्छन् तर आफ्नो अनुष्ठानप्रति उन्मुख...

Read More

यसरी मनाए कलाकारले तीज

काठमाडौँ – आज सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुगिन् । उनी १५ वर्षदेखि तीजको व्रत बस्दै आएकी छन् । सदाझैँ यो वर्षको तीजमा पनि उनी फलफूल र पानी खाँदै फिल्म सुटिङमा व्यस्त भइन् । आज उनी दिनभरि नै ‘के घर के डेरा’ फिल्मको सुटिङमा व्यस्त भइन्। व्रत बस्दा सकारात्मक सोच आउने र काम गर्नमा थप स्फुर्ति बढ्ने उनको अनुभव छ । तीजमा व्रत बस्नु उनको लागि स्वास्थ्यका दृष्टिले लाभदायक हुनु हो । “तीजको बेग्लै धार्मिक महत्व छ”, उनले भनिन्, “म स्वस्थ्य रहन पनि तीजको व्रत बस्छु ।” अभिनेत्री प्रियङ्का कार्की तीजमा म्युजिक...

Read More

थोक बजार भवनको अवस्था बुझ्न चोभारमा कृषिमन्त्री अधिकारी

काठमाडौँ – कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले चोभारमा निर्माणाधीन पुष्प तथा फलफूल थोक बजार भवनको काम तत्काल पूरा गर्न निर्देशन दिएका छन् । विसं २०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी सुरु भएको बहुतले भवनको काम हालसम्म पनि पूरा नभएपछि मन्त्री अधिकारीले आज निरीक्षणपश्चात यस्तो निर्देशन दिएका हुन् । भवन निर्माणका लागि ११औँ पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी रहँदा तेइस अझै १३ प्रतिशत काम बाँकी छ । त्यसप्रति चासो र चिन्ता व्यक्त गर्दै कृषिमन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र कार्यसम्पादन गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले सम्झौताअनुसार काम नसकिए कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिए । “पुष्प...

Read More

राजविराजको मुख्य सडकमै खाल्डाखुल्डी, दुर्घटनाको जोखिम

राजविराज (सप्तरी) – राजविराजस्थित रुपनी मोड नजिक रहेको सडक स्तरोन्नति नहुँदा आवतजावतमा समस्या भइरहेको छ । मुख्य बजारमै रहेको सडक जीर्ण भएर ठुल्ठूला खाल्डा परेका छन् तर मर्मत नहुँदा सास्ती भइरहेको स्थानीय र सवारी चालकले गुनसो गरेका छन् । माइक्रोबस चालक सत्यदेव यादवले हुलाकी राजमार्गसमेत पर्ने उक्त सडकमा माटो र ग्राभेल हाल्दा वर्षाले हिलो हुने र फेरि खाल्डो पर्ने गरेकाले झनै समस्या हुने गरेको बताए । रुपनी मोडदेखि हनुमान मन्दिरसम्म वर्षायाममा मात्र नभइ अन्य समयमा पनि जीर्ण सडकका कारण दुर्घटनाको जोखिम रहेको उनको भनाइ छ । “उक्त ठाउँमा करिब एक सय मिटर सडक जीर्ण छ तर मर्मतका लागि नगरपालिका...

Read More

डढेलोको असर : देखिन छाडे जङ्गलमा जनावर

गलेश्वर (म्याग्दी) – वन फडानी रोकिएपछि घना बन्दै गएका म्याग्दीका सामुदायिक वन र खोरियामा गत फागुनदेखि जेठसम्म लागेको डढेलोका कारण जङ्गली जनावर देखिन छाडेका छन् । डढेलोका कारण जङ्गल उजाडिएपछि चराचुरुङ्गीको कोलाहल र चिरबिर सुनिन छाडेको स्थानीयले बताएका छन् । डढेलोका कारण वन नष्ट भएपछि वनमा पस्ने बित्तिक्कै सुनिने चराचुरुङ्गीको चिरबिर सुनिन छाडेको मालिका गाउँपालिका–१ निस्कोटका राम पुनले बताए । “रङ्गीविरङ्गी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा वनको रौनक घटेको छ, पहिला जङ्गलमा देखिने जनावर अहिले गाउँका खेतबारी र सडक छेउमा देखिन थालेका छन्”, उनले भने । जङ्गलमा डढेलो लागेयता चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल देखिन छाडेको मालिका गाउँपालिका–६ उपल्लो...

Read More