Author: Himalaya Post

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ । राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो । यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले राससलाई जानकारी दिए । “नोट सटहीका लागि विगत वर्षहरूमा हामीले जसरी दिइरहेका छौँ, त्यसमा केही परिवर्तन भएको छैन । तर यस वर्ष नयाँ नोट नभई सफा र सुकिलो नोट सटही गर्ने निर्णय भएको छ”, पोखरेलले भने, “सुकिलो बैंक नोट कहाँ, कैले, कसरी, कति सटही पाइन्छ ? जस्ता विषयमा राष्ट्र बैंकले...

Read More

स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन निरन्तर नियमन हुन्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन निरन्तर नियमन गरिने बताएका छन् । एसोशिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)को २६ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकार प्रतिवद्ध रहेको भन्दै निरन्तर नियमन गर्ने बताए । सरकारले नियमन गर्यो भनेर प्रश्न उठाउन नहुने भन्दै उनले विद्यमान कानुनको आधामा नियमन गरेको छ की छैन भनेर निजी अस्पतालले बुझ्नुपर्नेमा जोड दिए । मन्त्री पौडेलले निजी अस्पतालले नागरिकको सहज स्वास्थ्य सेवालाई ध्यान राख्दै सेवालाई प्रभावकारी गर्नुपर्ने र लगानीको दायरा समेत बढाउनुपर्ने धारणा राखे । त्यस्तै उनले स्वास्थ्य बीमाको सुविधालाई निजी...

Read More

प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका जाँदै, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन असोज ४ गते अमेरिका प्रस्थान गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गठन गर्ने र भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए । संयुक्त राष्ट्रसङ्घको महासभा भदौ २५ देखि असोज १२ गते सम्म न्युयोर्कमा हुँदै छ । प्रवक्ता गुरुङले आर्थिक वर्ष २०८१/८२ सालमा दुग्ध विकास संस्थानको कच्चा दुधको आपूर्तिकर्ता किसानको बाँकी रकम भुक्तानीका साथै प्रविधि तथा व्यवसाय सुधार गर्न अर्थ मन्त्रालयले संस्थालाई...

Read More

अगैया-नेपालगञ्ज हुलाकी सडकले आवतजावतमा सहज

नेपालगञ्ज – अगैया–नेपालगञ्ज जोड्ने हुलाकी सडकले स्थानीयलाई आवतजावतमा सहज भएको छ । कालोपत्र भएको हुलाकी सडकबाट सवारीसाधनमार्फत नेपालगञ्ज आवतजावत गर्न स्थानीयलाई सहज भएको हो । “हामी पहिले कोहलपुर हुँदै नेपालगञ्ज जानुपर्ने थियो तर अहिले त्यो परिस्थिति बदलिएको छ”, राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले भने । अहिले कृषि उपजका सामग्री किनबेच गर्न बेलैमा नेपालगञ्ज पुग्न सजिलो भएको उनले बताए । चौधरीले भने, “ग्राभेल सडक हुँदा सवारीसाधन चल्दैनथे तर अहिले पाँच वटा बस सञ्चालनमा छन् ।” राप्तीसोनारी गाउँपालिकाका–३, ४, ५, ६ लगायतका वडाहुँदै हुलाकी सडक नेपालगञ्जबाट अगैया बजारसँग जोडिएको छ । सो सडकका कारण विनौना, धामपुर, चाचरफर्का, गोरधुइया, बैजापुर, नारायणपुर...

Read More

एन्फा महिला लिग : संकटा क्लब र चन्द्रपुर नगरपालिका बराबरीमा रोकिए

काठमाडौँ – राजधानीमा जारी एन्फा महिला लिगमा शुक्रबार संकटा क्लब र चन्द्रपुर नगरपालिकाले बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटार र चन्द्रपुरले गोलरहित बराबरी खेलेका हुन् । खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदूपयोग भने गर्न सकेनन् । पहिलो राउन्डको खेलमा संकटालाई त्रिभुवन आर्मी फुटबल क्लबले पराजित गरेको थियो । चन्द्रपुर भने कर्णाली प्रदेशसँग बराबरीमा रोकिएको थियो । बराबरीसंगै दुवै टोली १–१ अंक बाड्न बाध्य भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछन्...

Read More