विष्णु माझी र तीजका तरङ्गहरू
– शिव लम्साल नेपाली महिलाको विशेष पर्व तीज माइतीघरको नियास्रो तुष्टि, व्रत साधना, स्वादिलो खानपान, नाचगान, पञ्चमी स्नान र परिशुद्धताको समष्टिगत उत्सव हो । महिलाले आफ्ना खुसी र बेदना गीतमार्फत अभिव्यक्त गर्न किञ्चित नहिचकिचाउने अवसर भएकाले तीजको मुख्य विशेषता नाचगान नै हो, जसको आफ्नै मौलिक भाका र स्वाद छ । अचेल गीत/सङ्गीत रेकर्डिङ सहज र जो पनि कलाकार बन्न सक्ने सुविधाले हुनसक्छ, तीज आउनु एक महिनाअघिदेखि नै तीज गीत भन्दै बजारमा अनेक भाव भङ्गीमाका भिडियोहरू सार्वजनिक हुने गरेका छन् । ती गीतहरू कतिपय शालिन र मर्मस्पर्शी पनि हुने गरेका छन्, कतिपय छाडा । विडम्बना, तीजको मौलिक भाका, भाव र...
Read More

























