Author: Himalaya Post

हेटौँडा क्षेत्रमा विद्युत् चुहावट नियन्त्रण अभियान

बागमती– हेटौँडा उपमहानगरपालिका क्षेत्रमा विद्युत् चुहावट एक प्रतिशतमा झरेको छ । विद्युत् चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् मिटर रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढीकरण भएसँगै आर्थिक वर्ष २०८०/८१ मा पाँच दशमलव ६७ प्रतिशतले विद्युत् चुहावट घटेको हो । हेटौँडा क्षेत्रमा गत आव २०७९/८० मा छ दशमलव ६७ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०८०र८१ मा विद्युत् चुहावट एक प्रतशतमा झरेको विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौँडाका प्रमुख ई शिवराम यादवले जानकारी दिए । आव २०८०/८१ मा विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा चुहावट गर्ने ग्राहकमाथि कारबाही गर्दा रु दुई लाख २९ हजार तीन सय ७९ महसुल सङ्कलन भएको सो कार्यालयले जनाएको छ । यस्तै लामो समयदेखि विद्युत् महशुल नतिर्ने दुई हजार एक सय ९६ जना ग्राहकको विद्युत् लाइन काटिँदा दुई हजार एक सय १७ ग्राहकले पुनः विद्युत् जडान गराएको र त्यसबाट रु पाँच करोड ६५ लाख ८० हजार चार सय ४३ बक्यौता असुली भएको प्रमुख यादवले बताए । विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत् लाइन काट्ने अभियान चलाएको उनको भनाइ छ । अभियान सुरु भएपछि महसुल सङ्कलनमा सुधार भएको छ । आव २०८०/८१ म सो कार्यालयले रु दुई अर्ब ५४ करोड ५७ लाख पाँच हजार पाँच सय २३ मूल्य बराबरको विद्युत् बिक्री हुँदा रु दुई अर्ब ४२ करोड ४३ लाख ३१ हजार तीन सय २५ महसूल सङ्कलन भएको प्रमुख यादवले जानकारी दिए ।...

Read More

राष्ट्रिय वाणिज्य बैँकले ल्यायो शैक्षिक कर्जा, यस्ता छन् विशेषता

काठमाडौँ – पैसाको अभावमा विदेश पढ्न रोकिनुभएको छ भने तपाईंको सपना राष्ट्रिय वाणिज्य बैँकले पूरा गरिदिने भएको छ । बैँकले विदेशमा पढाईका लागि जानेहरुलाई लक्षित गर्दै ‘आरबीबी शैक्षिक कर्जा’ योजना ल्याएको हो । उक्त योजनामा कुनै पनि विद्यार्थीले विदेश पढ्नका लागि ५ लाख देखि १ करोडसम्मको शैक्षिक कर्जा पाइने बैँकले जनाएको छ । अध्ययन गर्नको लागि लाग्ने सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा बैँकले उपलब्ध गराउने भएको हो । जस अन्तर्गत पहिलो किस्ता रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिने व्यवस्था पनि बैँकले मिलाएको छ । कर्जाबारे विस्तृत जानकारीका लागि नजिकैको राष्ट्रिय वाणिज्य बैंकको...

Read More

तीन महिनापछि सुकेटार विमानस्थलमा हवाई उडान सुरु

ताप्लेजुङ–  प्रतिकूल मौसमका कारण तीन महिनादेखि हवाई उडान हुन नसकेको सुकेटार विमानस्थलमा आजदेखि पुनः उडान सुरु भएको छ । मौसमको स्थितिमा क्रमिक सुधार भएसँगै उडान सुरु भएको हो । प्रतिकूल मौसमका कारण गएको जेठ ११ गतेयता उडान भएको थिएन । नेपाल वायु सेवा निगम ताप्लेजुङका प्रमुख नारायणकुमार कार्कीले ‘भिजिबिलिटी’ कम भएकाले उडान अवरुद्ध भए पनि अहिले मौसममा सुधार आएको र पर्यटकीय यामसमेत सुरु भएकाले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान सुरु भएको जानकारी दिए । उनका अनुसार तीन महिनापछि भएको उडानमार्फत काठमाडौँबाट चार यात्रु आएका छन् भने यहाँबाट दुई यात्रु काठमाडौँ गएका छन् । आगामी असोज १५ गतेसम्म साताको बुधबार एक दिन मात्र उडान तालिका राखिएको छ ।  त्यसपश्चात् भने सातामा तीन दिन उडान तालिका तय गरिने निगमको तयारी छ । यात्रुका लागि यहाँबाट काठमाडौँसम्म रु नौ हजार चार सय ७५ शुल्क निर्धारण गरिएको छ...

Read More

ऐनअनुसार चल्न खेलकुद संघसंस्थाहरुलाई खेलकुदमन्त्री चौधरीको चेतावनी

काठमाडौँ– खेलकुदमन्त्री तेजुलाल चौधरीले ऐन नियम अनुसार चल्न खेलकुद संघसंस्थाहरुलाई चेतावनी दिएका छन् । बुधबार पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाडौंमा स्वागत गर्दै मन्त्री चौधरीले राखेपको ऐन र कानून अनुसार चल्न निर्देशन दिदै ऐन र कानून बिपरितको काम गरे आगामी दिनमा समस्या पर्न सक्ने चेतावनी दिनुभयो । ऐन कानूनमा समस्या भए बेलैमा संशोधन गरेर समस्या हल गर्न सकिने उनले बताए । उनले खेलाडी र प्रशिक्षकलाई पहिलो प्राथमिकतामा राख्दै योजना र कार्यक्रम निर्माण गर्न पनि निर्देशन दिए । खेलाडी र प्रशिक्षकका लागि केहि नगर्ने तर कुराले डंका पिट्ने प्रवृति अन्त्य गर्न उनले सुझाए । उनले राष्ट्रको गौरव बढाउने काम खेलाडीहरुले...

Read More

बनेपामा व्यापारिक तथा सांस्कृतिक महोत्सव आयोजना हुने

काभ्रे– काभ्रेपलान्चोकको बनेपामा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल सहितको महोत्सव आयोजना हुने भएको छ । आयोजक बनेपा व्याइज क्लबले बुधबार बनेपामा पत्रकार सम्मेलन गर्दै हाम्रो अभियान खेलको ज्ञान, संस्कृति र समृद्धि बनेपाको पहिचान भन्ने नाराका पाँचौ संस्करणको बनेपा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो । बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रबद्र्धन, खेलकूद विकास गर्ने उद्देश्यले असोज ९ गतेदेखि १५ दिन आयोजना हुने क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिऐ । मेला बनेपा नगरपालिका– स्थित उग्रेश्वर महदेव मन्दिर परिसरमा आयोजना हुने उनले बताए । मेलामा खेल प्रतिस्पर्धा, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा...

Read More