एमाले–कांग्रेसको संयुक्त सरकारले तत्कालै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्नुपर्छ : सांसद केसी
काठमाडौँ– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अहिलेको एमाले–कांग्रेसको संयुक्त सरकारले तत्कालै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै केसीले अहिलेको गठबन्धन सरकारले गरेको सहमतिको पात्र आफुपनि रहेपनि अहिलेसम्म साझा न्यूनतम कार्यक्रम सार्वजनिक नहुनु राम्रो कुरा नभएकाले तत्काल सार्वजनिक गर्नुपर्ने बताएका हुन् । जनतामा देखिएको निराशा चिर्न र अविश्वासलाई विश्वासमा बदल्नका लागि पनि सुशासनको प्रतिवद्धता सहित साझा कार्यक्रम आउनुपर्ने उनको भनाइ छ । केसीले अहिलेको सरकार असफल भए समग्र व्यवस्था असफल हुने भन्दै व्यहारमा दुई दलले सुशासनका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले चर्चित भ्रष्टाचार काण्डको राष्ट्रिय रुपमा छानबिनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा न्यायिक...
Read More

























