Author: Himalaya Post

राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘एमबीबीएस’ अध्ययनको बाटो खुल्यो

काठमाडौँ – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्तर्गत ‘एमबिबिएस’ अध्ययन सुरु गर्न बाटो खुलेको छ । सरकारअन्तर्गतका दुवै प्रतिष्ठानमा ‘एमबिबिएस’ पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चिता गरेको छ । अर्थले यससम्बन्धी पत्र हालै मन्त्रालयलाई पठाएको छ । गत साउन २७ गते आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षा सुरु गर्ने घोषणा गरेका थिए । मन्त्रालयले पाँच करोड विनियोजन गरे पनि थप स्रोत सुनिश्चित नहुँदा पढाइ सुरु गर्न सकिएको थिएन । मन्त्रालयले अर्थसँग समन्वय गरेपछि हालै रकम सुनिश्चित बनेको हो...

Read More

भ्रष्टाचारविरुद्ध कानुनअनुसार शून्य सहनशीलता अपनाइन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध कानुन अनुसार शून्य सहनशीलता अपनाइने प्रष्ट पारेका छन् । एमाले निकट नेपाल खेलकुद महासंघको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आइतबार च्यासलमा सम्बोधन गर्दै ओलीले कसैलाई आग्रह वा पूर्वाग्रह राखेर फसाउने काम सरकारबाट नहुने बताउँदै भ्रष्टाचार विरुद्ध कानुन अनुसार शून्य सहनशीलता अपनाइने प्रष्ट पारेका हुन् । उनले अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको र भ्रष्टाचार नियन्त्रणमा हल्ला गर्ने र भ्रष्टाचार लुकाउनको लागि नभएर त्यसको नियन्त्रणको लागि काम गर्ने बताए । नेपालमा स्थापना गरिएको प्रणाली उपयुक्त छ कि छैन भन्ने विषयमा अहिले छलफल गर्ने बेला नभएको ओलीले बताए । उनले संवैधानिक व्यवस्थालाई प्रभाकारी रूपमा कार्यान्वयन...

Read More

वामदेव गौतमको गुनासो : प्रधानमन्त्रीबाट भेट्नका लागि समय नै पाइनँ

राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफुले प्रधानमन्त्रीसंग भेट्न समय नपाएको गुनासो गरेका छन् । आइतबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै गौतमले देश र जनताका विषयमा कुरा गर्न आफूले प्रधानमन्त्रीसंग भेट गर्न खोजे पनि समय नपाएको गुनासो गरेका हुन् । सरकारका प्रमुखसंग कुरा गर्दा हुुने विषयमा प्रधानमन्त्रीसंग भेट गर्न समय नपाएकाले राष्ट्रियसभालाई गुहारेर धारणा राखेको उनले बताए । गौतमले नेपालको भौगोलिक बनावटका कारण प्राकृतिक प्रकोपका घटनाहरु धेरै हुने गरेको उल्लेख गरे । प्राकृतिक प्रकोपका घटना घट्नुभन्दा पहिले नै गर्नुपर्ने काममा विषयमा नेपालका राजनीतिक दलका नेताहरुको ध्यान जान नसकेको उनले बताए । उनले स्थायी रुपमा पहिरोबाट हुने क्षति रोक्न जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो...

Read More

तीन हजार बिन्दुबाट ओरालो लाग्यो नेप्से

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६ दशमलव ३३ मा सीमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६५ अङ्कले ओरालो लागेर पाँच सय २८ दशमलव ८५ मा सीमित भएको छ । नेप्सेका अनुसार आज कूल छ करोड ५४ लाख ७५ हजार तीन सय ६६ कित्ता शेयर रु २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार तीन सय ७६ मा कारोबार भएको छ । कारोबार भएका कूल १३...

Read More

अर्थतन्त्रका बाह्य सूचक बलिया, शोधनान्तर स्थिति ५ खर्ब बचतमा

काठमाडौँ – मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरु बलियो देखिएका छन् । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह अघिल्लो आवको भन्दा बढेको छ । विदेशी मुद्रा सञ्चिति सन्तोषजनक अवस्थामा छभने शोधनान्तर स्थिति रु पाँच खर्बभन्दा बढीले बचतमा छ । आयात र निर्यात दुवै घट्दा वैदेशिक व्यापार घाटा अघिल्लो आवको तुलनामा घटेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष विप्रेषण आप्रवाह...

Read More