Author: Himalaya Post

हेमबहादुर मल्ल सम्मान डा. भेष बहादुर थापालाई प्रदान गरिने

काठमाडौँ – हेमबहादुर मल्ल सम्मान २०७९ डा. भेष बहादुर थापालाई प्रदान गरिने भएको छ । नेपाल जन प्रशासन संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनीक, प्राज्ञिक र कुटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै हेम बहादुर मल्ल सम्मान २०७९ डा थापालाई प्रदान गर्न लागिएको जानकारी दिएको हो । उक्त पुरस्कारको राशी दुइ लाख रुपैयाँ रहेको छ । राज्यको उच्च ओहदामा रहि सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल भएको, नेतृत्व क्षमता प्रदर्शन गरेका कारण थापालाई सम्मान गर्ने निर्णय गरिएको संघका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिइन् । संघले ख्याती प्राप्त...

Read More

बाढी-पहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले बाढी–पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २४औँ बैठकमा गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन् । महोत्तरी, बाँके, कास्की, सङ्खुवासभा, कञ्चनपुर, भोजपुर चितवनलगायतका बाढी–पहिरो प्रभावित क्षेत्रमा चाँडोभन्दा चाँडो जोखिमबाट जोगाउने उपाय निकाल्न उनले जोड दिए । गृहमन्त्री लेखकले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा कार्यविधि २०८१’ बनाउँदा विदेशी संस्थाबाट लिने सहायता र राष्ट्रिय सुरक्षाको विषयमा गम्भीर बन्नुपर्ने बताए । “विपद्मा सहायता लिने कुरामा विदेशी संस्थाको ‘वान डोर इन्ट्री’ होस् । उहाँहरुबाट चाँडोभन्दा चाँडो सहयोग लिन सकियोस् । कुनै पनि विदेशी संस्थाले...

Read More

प्रतिनिधिसभा बैठकको शून्य समयः ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को महसुल उठाउनैपर्छ

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले उद्योगी तथा व्यवसायीले विद्युत्भार ‘लोडसेडिङ’को समयमा ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ प्रयोग गरेबापत तिर्नुपर्ने थप महसुल तिर्नैपर्ने बताए । महसुल उठाउनुपर्छ भन्ने मत राख्ने नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्यलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति सांसदहरुले गुनासो गरे । विशेषगरी प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसदहरुले प्राधिकरणका सञ्चालक समितिका सदस्यलाई हटाउने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णय गलत भएको धारणा राखे । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार प्राधिकरणका दुई सञ्चालक समिति सदस्यलाई हटाएर नयाँ नियुक्ति गरेको थियो...

Read More

नेपालमा केही भएन भन्ने भाष्य द्रूतमार्गले खण्डन गरेको छ : प्रधानमन्त्री ओली

बकैया (मकवानपुर) – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्वपूर्ण कार्य भएको बताएका छन् । राष्ट्रिय गौरवको काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (फास्ट ट्रयाक)स्थित घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङ युगसगैँ नयाँ युगमा प्रवेश गरेकाले अब यो विकास निर्माणको गति नरोकिने दृढता व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, “विगतमा जुन रफ्तारमा विकास हुनुपथ्र्यो, त्यो भएन, अब विकासको नमुना यो द्रुतमार्ग हुनेछ ।” द्रुतमार्ग अघि बढाउने सन्दर्भमा देखिएका बाधा ब्यवधानलाई समाधान गर्न सरकार तयार रहेको बताउँदै उहाँले द्रुतमार्ग निर्माणमा देखिएको व्यवधान राजनीतिक मात्र नभई अर्थतन्त्रसँग पनि जोडिएको स्पष्ट पारे । नेपालमा...

Read More

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाद्वारा राजीनामा, अन्तरिम सरकार चाँडै बन्ने

एजेन्सी – बङ्गलादेशमा चर्किँदो आन्दोलनका बीच प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएकी छन् । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलनबाट गलेकी हसिनाले अन्ततः राजीनामा दिँदै देश नै छोडेकी छन् । उनले सोमबार राजीनामा दिएर देश छोडेको बंगलादेशका प्रसिद्ध समाचार संस्था ढाका ट्रिब्यूनले बताएको छ । हसिना बाहिरिएसँगै बंगलादेशमा अब अन्तिरिम सरकार बन्ने भएको छ । सोमबार नै सेना प्रमुख जनरल वकेर–उज–जमानले एक सम्बोधन गर्दै सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् । जनरल वाकरले समेत शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएर देश छाडेको बताए । उनले भने, ‘सबै राजनीतिक...

Read More