Author: Himalaya Post

कम्युनिस्ट पार्टी एकताको प्रहसन अब दोहोरिदैँन : महासचिव पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने बताएका छन् । प्रेस चौतारी दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले वामपन्थीहरूको बीचमा एकता अब एकादेशको कथा भैसकेकोले पुरानै बाटोबाट अघि बढ्न नसक्ने समेत बताए । उनले साना राजनीतिक दलहरुले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएकाले कम्युनिस्टमा विचार राख्नेहरु एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू कांग्रेसतर्फ धुव्रीकरण हुन आवश्यक भएको धारणा राखे । दुई प्रमुख दुई दल मिलेर अगाडि बढ्न अठोट गर्दा स्वाभाविक रूपमा मानिसहरूमा प्रश्न उब्जिएको भन्दै पोखरेलले मुलुकको लोकतान्त्रिक मूल्य मान्यताको सवालमा कांग्रेस र एमाले...

Read More

‘मोदिबेनी’बाट फिल्ममा डेब्यु गर्दै इटहरीकी स्नेहा भट्टराई

इटहरी– सानैदेखि अभिनेत्री बन्ने सपना बोकेकी इटहरीकी स्नेहा भट्टराईले अन्ततः ‘मोदिबेनी’बाट फिल्ममा डेब्यु गर्दैछिन् । उनको डेब्यु रहने फिल्म ‘मोदिबेनी’ यहि श्रावणको १८ गतेदखी प्रदर्शनमा आउँदै छ । आफ्नो पहिलो फिल्ममा आफूले धेरै मेहेनत गरेको भन्दै यसबाट धेरै अपेक्षा राखेको सुनाइन् । अब उनको अभिनयलाई दर्शकले कत्तिको रुचाउने वा नरुचाउने भन्ने कुरा जान्न त फिल्म रिलिज पर्खनै पर्ने हुन्छ । तर, फिल्मको क्यारेक्टरले मागेको सतप्रतिसत आफुले दिएको स्नेहा बताउँछिन् । स्नेहा ‘मिस कलेज नेशनल–२०१७’ की फर्स्ट रनरअप समेत हुन् । उनले ५ वर्षअघि ‘बिहानी’ मा पहिलो म्युजिक भिडियो समेत गरेकी छन् । त्यसपछि उनले ‘नौडाँडा पारी’, ‘खोला जस्तो जिन्दगी’...

Read More

धनकुटामा पहिलोपटक प्रभु बैंकको शाखा सञ्चालनमा

धनकुटा– प्रभु बैंकले धनकुटामा ३१०औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले एक कार्यक्रमबीच धनकुटामा पहिलोपटक शाखा विस्तार गरेको हो । शाखाको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै नगरप्रमुख तामाङले यस बैंकको विस्तारसँगै धनकुटा नगरवासीलाई बैंकिङ सेवा लिन सहज भएको बताए । धनकुटासँगै तेह्रथुम बजारको म्याङ्लुङमा पनि ३०९औँ शाखा स्थापना गरिएको छ । यी दुईसहित कोशी प्रदेशमा मात्र ३८ वटा शाखा सञ्चालनमा आएको बैंकका कोशी प्रदेश प्रमुख बद्रीकुमार कटुवालले जानकारी दिए । बैंकलाई हरेक जिल्लामा पुर्‍याउने र त्यस स्थानको आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य बैंकले राखेको...

Read More

भदौ ५ अगावै स्याउ नटिप्न आग्रह

कर्णाली– जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयले वडा नं १–९ सम्मका सबै स्याउ बगैँचा धनी र व्यापारीलाई भदौ ५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरेको छ । पालिकाले जुम्लाबाट सुर्खेत, नेपालगञ्ज, बुटवल, नारायणगढ, काठमाडौँ हुँदै देशका विभिन्न जिल्लाका सहरमा भदौ पहिलो साता अगावै निर्यात गर्न नदिने निर्णय गरेको अध्यक्ष मोतिलाल रोकायले जानकारी दिए । उनले भने, “भदौअघि नै टिप्न थाल्यो भने स्याउ परिपक्व नहुने, रङ नभरिने, उपभोक्ताले आवश्यक स्वाद प्राप्त नगर्ने, काँचो स्याउले जुम्ली जैविक...

Read More

ग्लोबल आइएमई बैंकका ग्राहकलार्ई वण्डरल्याण्डमा १० प्रतिशत बोनस !

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वल्र्डका मार्केटिङ्ग प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरे । समझदारी अनुसार बैंकको ग्राहकहरुले वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाको लागि वण्डरल्याण्डबाट जारी हुने कार्डवापतको भुक्तानीको लागी बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग प्रयोग गर्दा उक्त कार्डमा १० प्रतिशत बोनस थप गरी वण्डरल्याण्डले कार्ड उपलब्ध गराउनेछ ।...

Read More