एकैपटक २१ सचिवको सरुवा, को कहाँ पुगे ?
काठमाडौँ– सरकारले एकैपटक ठूलो संख्यामा सचिवहरुको सरुवा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले एकैपटक २१ जना सचिवहरुको सरुवा गरेको हो । बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केशवकुमार शर्माको सरुवा भएको छ । शर्मा जल तथा ऊर्जा आयोगमा रहेका थिए । त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको ऊर्जा सचिवमा सरुवा रहेको छ । यसैगरी अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ भने अर्थसचिव मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ । यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव रहेका दिनेशकुमार घिमिरेले राजस्व सचिवको जिम्मेवारी दिइएको छ । श्रम रोजगार...
Read More

























