जहाजको आगो निभाउने प्रयास जारी, जहाजभित्र चालक दलसहित १९ जना सवार
काठमाडौँ– त्रिभुवन विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा लागेको आगो निभाउन उद्धार टोली सक्रिय रहेको छ । जहाजमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको बुझिएको छ । सौर्य एयरलाइन्सका अनुसार पोखरामा मेन्टेनेन्सको कामका लागि कर्मचारीहरू लैजान लागिएको थियो । अधिकांश इन्जिनियर र प्राविधिकहरू थिए । जहाजमा सर्वसाधारण यात्रु नरहेको बुझिएको छ । जहाजमा आगलागी भएपछि त्यसभित्र रहेका १९ जनाकै ज्यान जोखिममा परेको देखिएको छ । बुधवार बिहान सौर्य एयरलान्सको जहाज दुर्घटना हुँदा आगलागी लागेको हो । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छ । जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज...
Read More

























