Author: Himalaya Post

नेक्सजेन म्यानेजमेन्टले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने 

काठमाडौँ– नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा. लिले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ । देश वर्तमान आर्थिक शिथिलताका समस्यालाई मध्यनजर गर्दै प्रतिकूल परिस्थितिमा सहयोग हुने गरि संस्थाले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने निर्णय गरेको हो । मुलुकमा ठूलो संख्यामा कम्पनीहरू सञ्चालनमा रहेता पनि कम्पनी ऐनको व्ववस्थाहरूको बारेमा अधिकांश सञ्चालकलाई जानकारी नै नहुने गरेको भन्दै कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा आवश्यक लेखा प्रणाली, व्यवस्थापन, बजारीकरण, अटोमेसन, वित्तीय संस्थाबाट लिने सेवा तथा सञ्चालक समिति र साधारणसभाबाट गर्नुपर्ने काम कर्तब्यको जानकारी नहुँदा यी सबै काम गर्न पनि समय र खर्च अत्यधिक लागिरहेको उल्लेख छ । विज्ञप्तिमा मानिसलाई कुन...

Read More

उद्दार कार्य सकिएपछि खुल्यो त्रिभुवन विमानस्थल

काठमाडौँ– त्रिभुवन विमानस्थल खुलेको छ । जहाज दुर्घटनापछि बन्द गरिएको विमानस्थल उद्दार कार्य सकिएलगत्तै खुलेको हो । बुधवार बिहान ११ बजेर ११ मिनेटमा पोखरा जाने क्रममा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । दुर्घटनापछि उद्दार कार्य जारी रहेकाले विमानस्थल केही समयका लागि स्थगित गरिएको थियो । जसकारण विमानस्थलका सबै उडान स्थगित भएको थियो भने आएका विमानहरु पनि आकाशमै होल्ड गरिएका थिए । यद्यपि अहिले उद्दार कार्य सकिएपछि विमानस्थल खुलेको छ...

Read More

प्रधानमन्त्री ओली जहाज दुर्घटनास्थल जाँदै

काठमाडौँ– सौर्य एयरको विमान दुर्घटनाको जानकारीपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल जाँदैछन् । बुधबार विहान ११ बजेर ११ मिनेटमा सौर्य एयरको विमान पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा आगलागी भएको थियो । त्यस क्रममा १८ जनाको मृत्यु भएको थियो भने एक जनाको जीवितै उद्दार गरिएको थियो । प्रधानमन्त्री ओली दुर्घटनाबारे विस्तृत जानकारी लिन त्यसतर्फ लागेको उनका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए । यसअघि गृहमन्त्री रमेश लेखक पनि विमान दुर्घटनास्थल पुगिसकेका छन्...

Read More

जहाजमा सवार थिए सौर्यकै यी १९ यात्रु (सूचीसहित)

काठमाडौँ– त्रिभुवन विमानस्थलमा भएको जहाज दुर्घटनामा सवार १९ जना को–को थिए भन्ने खुलेको छ । सौर्य एयरलाइन्सले यात्रुहरुको विवरण सार्वजनिक गरेको हो । सौर्य एयरलाइन्सले दिएको जहाजमा रहेका यात्रुहरुको विवरण यसप्रकार रहेको छ । विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि बिहान ११ बजे उडेको विमान १९ जना यात्रु रहेका थिए । उनीहरू सबै सौर्यका कर्मचारी रहेको बताइएको छ । सो जहाज मर्मतका लागि पोखरा आउँदै गर्दा सौर्य एयरलाइन्सको ९एन–एएमई कलसाइनको जहाज दुर्घटनामा परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । पोखराको ह्यांगरमा राखेर मर्मतका लागि उक्त विमान कम्पनीले अनुमति लिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकी प्रवक्ता जसोदा सुवेदीले...

Read More

जहाज दुर्घटनामा पाइलट बाहेक सबैको मृत्यु : नेपाल उड्ययन प्राधिकरण

काठमाडौँ– नेपाल उड्ययन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको पुष्टि गरेको छ । प्राधिकरणका अनुसार दुर्घटनास्थलबाट १९ जनामध्ये एकको जीवित उद्वार गरिएको र अन्यको शव बाहिर निकालिएको छ । उद्दार हुनेमा पाइलट मनिषरत्न शाक्य रहेका छन् । उनलाई तत्कालै केएमसी अस्पताल पुर्‍याइएको छ । मृत्यु भएकाहरुको शव भने शिक्षण अस्पताल महाराजगञ्ज ल्याउन लागिएको छ...

Read More