पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित, सेमिफाइनलको सम्भावना कठिन
काठमाडौँ – श्रीलंकामा जारी एसीसी महिला एशिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । आइत्बार पाकिस्तानसँग नेपाल ९ विकेटको हार व्यहोरेको हो । आइतबार श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले विष्फोटक ब्याटिङ गर्दै १ विकेट गुमाउँदै १२ ओभरमै जित हात पारेको हो । पाकिस्तानलाई सहजै जित दिलाउने क्रममा ओपनर मुनीबा अलि र गुल फिरोजाले शानदार ब्याटिङ गरे । पहिलो विकेटका उनीहरुले १०५ रनको साझेदारी गरे । त्यसक्रममा फिरोजाले ३५ बलमा १० चौकाको मदतमा ५७ रन बनाइन्...
Read More

























