Author: Himalaya Post

सञ्चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्सनबीच शिष्टाचार भेट

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनबीच आज शिष्टाचार भेट भएको छ । भेटमा उनीहरूबीच नेपाल—अमेरिका द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसक्रममा सूचना प्रविधिको विकास, साइबर सुरक्षा, प्राकृतिक विपत्तिमा प्रविधिको प्रयोग र नेपालको शान्ति तथा समृद्धिका बारेमा छलफल भएको मन्त्री गुरुङको सचिवालयले जनाएको छ । त्यस अवसरमा मन्त्री गुरुङले प्राकृतिक विपत्तिको सामना, पर्वतारोहणका क्रममा हुने दुर्घटनामा उद्धार तथा खोज, सूचना प्रविधिको विकासमार्फत समृद्धि हासिल गर्ने विषयमा सहकार्य गर्न नेपाल तयार रहेको बताएका थिए । उनले रोजगारी सिर्जना र सूचना प्रविधिको विकास तथा विस्तारमार्फत पलयान हुँदै गएको युवा जनशक्तिलाई...

Read More

महिला एशिया कप : पाकिस्तानविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – श्रीलंकामा जारी एसीसी महिला एशिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्ध नेपाले पहिले ब्याछिङ गर्ने भएको छ । आइतबार श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो । खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको थियो । आज पाकिस्तानसँग जित हात पार्दै सेमिफाइनल पक्का गर्ने नेपालको दाउ रहेको छ । यता पहिलो खेलमा भारतसँग हारेको पाकिस्तान सेमिफाईनलको यात्रालाई जीवितै राख्न आज जित्नैपर्ने दबाबमा रहेको छ । ८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । सोही समूहमा पाकिस्तानसहित युएई र भारतसमेत रहेका छन्...

Read More

प्रधानमन्त्री ओलीले पाए दुई तिहाई सांसदको विश्वास

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा भएको मतदानमा प्रधानमन्त्री ओलीले दुई तिहाई सांसदको मत प्राप्त गरेका हुन् । कूल २७५ सदस्य रहेको प्रतिनिधिसभामा आइतबारको बैठकमा २६३ जना सांसद उपस्थित थिए । जसअनुसार नेपालको संविधानको धारा ७६(४) अनुसार आफूमाथि संसदको विश्वास छ भनी प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा १८८ जना सांसदले मतदान गरेको सभामुख देवराज घिमिरेले बताए । यस्तै प्रधानमन्त्री ओलीको प्रस्तावको विपक्षमा ७४ मत परेको र जना सांसद १ तटस्थ रहेका छन् । प्रधानमन्त्रीले प्राप्त गरेको मत प्रतिनिधिसभाको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत रहेको भन्दै सभामुख घिमिरेले प्रधानमन्त्री...

Read More

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, दाबी पेश गर्दै कांग्रेस

बागमती – बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि साउन ८ गते साँझ ५ बजेसम्मको समय तोकेका छन् । नयाँ राजनीतिक समीकरणअनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले आज दिउँसो प्रदेश प्रमुख शर्मालाई राजीनामा पत्र बुझाएका थिए । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा स्वीकृत गरी अर्को सरकार गठन नहुञ्जेलसम्म उनलाई काम चलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् । मुख्यमन्त्रीमा दाबी पेश गर्दै कांग्रेस नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले...

Read More

बागमती प्रदेशमा काँग्रेसबाट को-को बन्दैछन् मन्त्री ?

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएर नयाँ सरकार गठनको प्रक्रिया सुरु भएसँगै काँग्रेसले पार्टीका प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । मुख्यमन्त्रीमा लामालाई अघि बढाउने गरी आइतबार नै प्रदेश संसदीय दलको बैठकबाट निर्णय गरेको काँग्रेसले लामाको टिममा रहने टिम निर्माणको समेत सुरुवात गरेको छ । काँग्रेसले पाउने मन्त्रालय अनुसारका व्यक्तिलाई मन्त्री बनाउने तयारी भइरहँदा केही नामको बारेमा चर्चा सुरु भएको छ । कूल १३ मन्त्रालय रहेको बागमतीमा काँग्रेसले करिब ७ मन्त्रालय पाउने छ । स्रोतले दिएको जानकारी अनुसार काँग्रेसमा नयाँ सरकारमा पठाउनका लागि मुख्यतः ८ जनाको नाम चर्चामा रहेको छ...

Read More