बंगलादेशमा जारी आन्दोलनबीच केही नेपाली विद्यार्थी स्वदेश फिर्ता, भन्छन् : अवस्था अझै त्रसित
काठमाडौँ– बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनका कारण समस्यामा परेका केहि नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका छन् । बंगलादेशमा प्रर्दशन हिंसात्मक बन्दै गएपछि अध्ययनमा गएका केहि विद्यार्थीहरु आइतबार बिहान स्वदेश फकिएका हुन् । नेपाल फर्कन चाहने अन्य विद्यार्थीलाई ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेसंगै स्वदेश फर्कन इच्छुक विद्यार्थीहरु नेपाल फर्कन थालेका हुन् । स्वदेश फर्र्किएका डेल्टा मेडिकल कलेजका विद्यार्थी दिलिपा सापकोटाले बंगलादेशमा कफ्र्युका बाबजुद एम्बुलेन्सबाट विमानस्थल पुगेर नेपाल फर्किएको बताइन् । उनले बंगलादेशको अवस्था हिंसात्मक रहेकाले नेपालीहरुलाई सुरक्षित राख्नुपर्ने र नेपाली दूतावासलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिइन् । त्यस्तै एमविविएस पढ्नका लागि दुई महिनाअघि मात्रै बंगलादेश गएकी इनाम मेडिकल कलेजकी विद्यार्थी...
Read More

























