Author: Himalaya Post

मुलुकमा स्थिरता दिन संसदको पहिलो र दोस्रो दल मिल्नुपर्यो : सभापति देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा स्थिरता कायम गर्न संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन गरिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा देउवाले देश विकासको लागि पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी रहेकाले दुई ठूला दल मिलेर सरकार गठन गरिएको बताएका हुन् । उनले वर्तमान सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउने, मुलुकमा दिगो शान्ति कायम गर्दै गतिशिल अर्थतन्त्रका माध्यमबाट देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्ने बताए । यसबाट राजश्वमा थप वृद्धि भइ जनचाहना अनुसारका विकास निर्माणका काम गर्न पनि सकिने उनले बताए । सभापति...

Read More

जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र अनियमितताको छानविन गरी दोषीउपर कारबाही गरिने बताएका छन् । प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र नसहने बताए । उनले सुशासनका पक्षमा आफ्नो नेतृत्वको सरकार दृढताका साथ अगाडि बढ्ने स्पष्ट पारे । भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्ने विश्वास समाजमा स्थापित गराइने प्रधानमन्त्री ओलीको भनाइ थियो । सरकारले सहकारी पीडितका सन्दर्भमा उचित निर्णय लिने र सहकारी ठगलाई कानुनको कठघरामा उभ्याएरै छाड्ने उनले प्रतिबद्धता व्यक्त...

Read More

बलिया पार्टीले काँध थाप्दा पनि प्रचण्ड सरकारले लय समात्न सकेन : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बलिया पार्टीले काँध थाप्दा पनि अघिल्लो सरकारले लय नसमातेका कारण नयाँ सरकार गठन गर्नुपरेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले यसअघि कहिले कांग्रेस र कहिले एमालेले काँध थाप्दा पनि माओवादी नेतृत्वको सरकारले लय समात्न नसकेको र त्यसको प्रयास पनि नगरेका कारण नयाँ सरकार गठन गर्नुपरेको बताएका हुन् । सरकारकै कारण समाजमा दूषित परिणाम देखिने संकेत आएकाले देशलाई त्यसबाट जोगाउनका लागि कांग्रेस–एमालेबीच समिकरण बनेको उनले बताए । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकार गठनका लागि दुईदलबीच भएको साँत बँुदे सहमति पनि सार्वजनिक गरे । सरकारको नेतृत्व आलोपालो गर्ने,...

Read More

प्रतिनिधिसभा : उपसभामुखको पत्रबारे छानबिन गर्न माग

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्नेने सांसदहरुले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रका विषयमा छानबिन गर्न माग गरेका छन् । केही युवालाई अमेरिका पठाउन उपसभामुख रानाले संसद्को लेटरप्याडमा अमेरिकी दूतावासलाई पत्र पठाएको र यसबारे संसद्लाई जानकारी नभएका विषयमा छानबिन गरिनुपर्ने माग सत्तापक्षले उठाएको छ । प्रतिपक्षमा रहेका दलहरुले भने उपसभामुख इन्दिरा रानासँग जोडेर आएको विषय संवैधानिक परिषद्मा सत्तापक्षले खोजेको सहजतासँग जोडेर आएको र सत्तापक्षले मिडिया ट्रायल गरेको आरोप लगाएको छ । साथै पर्याप्त छानविन र वास्तविकता पहिचान नगरिकनै मानव तस्करीजस्तो जघन्य अपराधमा उपसभामुख रानाको नाम मुछिएकोप्रति प्रतिपक्ष दलका सांसदहरुले आपत्ति जनाएका हुन् । आजको बैठकमा आकस्मिक...

Read More

एकताको सन्देशसहित काँग्रेसबाट बागमतीको मुख्यमन्त्री उम्मेदवारमा बहादुर लामा सर्वसम्मत

काठमाडौँ – नेपाली काँग्रेसले बागमती प्रदेशको मुख्यमन्त्री उम्मेदवारमा बहादुर लामालाई सर्वसम्मत चयन गरेको छ । सत्तारुढ गठबन्धनबीच सत्ता साझेदार गर्ने सहमति अनुसार काँग्रेसले एकताको सन्देश दिँदै नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता लामालाई अघि सार्ने निर्णय गरेको हो । बागमतीमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिने तयारी गरेसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदैछ । गठबन्धनको सहमति अनुसार नयाँ सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नेछ । काँग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाउँदा लामालाई अघि सार्ने गरी आइतबार संसदीय दलको बैठकले निर्णय गरेको हो । आगामी मुख्यमन्त्रीमा काँग्रेसले नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियालाई अघि सार्ने चर्चा चुलिरहेका बेला बानियाँले...

Read More