Author: Himalaya Post

एकताको सन्देश दिँदै इन्द्र बानियाँले अघि बढाए मुख्यमन्त्रीमा बहादुर लामा !

मकवानपुर– नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी थालेको छ । बागमती प्रदेशका सभापति ईन्द्र बहादुर बानियाँले मुख्यमन्त्रीमा नेता बहादुरसिंह लामालाई अघि बढाएका छन् । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीमा अघि बढाउने निर्णय गर्दैगर्दा काँग्रेस बागमती प्रदेश सभापति बानियाँले सो प्रस्ताव ल्याएका थिए । सभापति बानियाँले ल्याएको प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरिएको हो । मुख्यमन्त्रीमा आफ्नै चर्चा समेत चलिरहेका बेलामा पार्टीभित्रको एकता झल्काउन सभापति बानियाँ आफैले दलका नेता रहेका लामालाई नै पार्टीका तर्फबाट बागमती प्रदेश सरकारको नेतृत्व गर्नका लागि अघि बढाएका हुन् । नेपाली काँग्रेसभित्र पार्टी, देश र जनताका पक्षमा निर्णय गर्दैगर्दा त्यागको...

Read More

आज विश्वासको मत लिँदै मुख्यमन्त्री जम्कट्टेल

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । आज अपराह्न १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सहभागी पाँचजना मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलले सत्ता साझेदार दलका नेताहरूसँगको परामर्शपछि विश्वासको मत लिन लागेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता जम्कट्टेल गत २०७९ पुसमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । नेमकिपा बैठक हुँदै...

Read More

रास्वपा संसदीय दलको बैठक

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलको कार्यालयमा ११ बजे बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल भएको उक्त पार्टीकी सचेतक निशा डाँगीले जानकारी दिए । सदनमा प्रतिपक्षी दलको भूमिकामा रहने पार्टीले आफ्नो प्रभावकारिताका बारेमा पनि छलफल गर्ने उनले बताए । प्रतिनिधिसभामा रास्वपाका २१ जना सदस्य छन्...

Read More

कांग्रेस संसदीय दलको बैठक हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मध्याह्न १२ बजे सङ्घीय संसद्भवन नयाँबानेश्वरमा हुने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने, देशभर बाढीपहिराका कारण भएको क्षति तथा पीडितलाई सहयोग एवं सामसामयिक विषयमा निर्णय हुने संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राससलाई जानकारी दिए...

Read More

नेकपा एसद्वारा विपक्षमा मतदान गर्न ह्विप

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिए। उनले भने, “सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने छ । पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ...

Read More