सहकारी ठगी सम्बन्धी छानबिन समितिद्वारा प्रदेश र स्थानीय तहका नियामक निकायसँग छलफल
काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका सम्बन्धमा प्रदेश र स्थानीय तहका नियामक निकायसंग छलफल गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सहकारी सञ्चालनको अवस्थाका बारेमा सम्बन्धमा प्रदेश र स्थानीय तहका नियामक निकायका पदाधिहरुसंग छलफल गरेको हो । सो क्रममा समितिको कार्यादेशको अनुसुची २ मा रहेका सूर्यदर्शन, सानोपाइला लगायतका सहकारीका सम्बन्धमा छलफल भएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । उनले स्थानीय तहमा रहेका २४ हजार सहकारी मध्ये १ हजार ९ सय २३ वटा सहकारी काठमाडौंमा रहेको पाइएको बताए । त्यस्तै गोर्खा मिडियामा सुर्यदर्शन सहकारीबाट ४ करोड ८८ लाख र २० लाख...
Read More

























