Author: Himalaya Post

अपाङ्गताले छेकेन सरकारी सेवा प्रवेश गर्ने दुर्गाको लक्ष्यलाई

भेरीगङ्गा (सुर्खेत) – बुबा धर्मराज शर्मा र आम इन्द्रकला शर्माको कोखबाट दैलेखको भैरवी गाउँपालिका–४ मा जन्मएका दुर्गाप्रसाद रिजाल दृष्टिसम्बन्धी अपाङ्गता हुन्। ३७ वर्षीय रिजाल आंशिक दृष्टिविहीन छन् । बुबाआमाको कृषि पेसाबाट मात्रै जीविकोपार्जनमा समस्या हुने भएकाले बुबा विभिन्न समयमा भारत रोजगारी गर्न जान्थे सानैदेखि सङ्घर्षशील दुर्गाको बाल्यकाल गाउँमै बित्यो । गाउँको गौरी प्राविमा प्राथमिक तहसम्मको अध्ययन गरेका दुर्गालाई कक्षा पाँचभन्दा माथिको शिक्षा लिन निकै चुनौतीको सामना गर्नुपर्यो । घरको आर्थिक अवस्था कमजोर थियो । दुर्गा भन्छन्, “हामी दुई भाइ, पढाइ गर्नुपर्ने घर खर्च चलाउनुपर्ने, बुबाआमालाई हम्मेहम्मे थियो । त्यति हुँदा पनि पढाइलाई भने निरन्तरता दिएँ ।” विद्यालयमा गुरुहरुले दुर्गालाई...

Read More

सुर्ती गुड्का र सो सम्बन्धी कच्चा पदार्थको निर्यात विवरण माग गर्ने उद्योग समितिको निर्णय

काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपालमा सुर्ती गुड्का र सो सम्बन्धी कच्चा पदार्थको निर्यात विवरण माग गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको समिति बैठकले नेपालमा आयात हुने सुर्ती गुड्का लगाएत कच्च पदार्थको यकिन विवरण समितिमा पेश गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले चुरोटमा प्रयोग हुने विभिन्न फ्लेवर, क्याप्सुल जस्ता नशालू पदार्थका कारण स्वास्थ्यमा गम्भीर समस्या हुने भएकाले त्यस्ता पदार्थको आयातका साथै उत्पादन र प्रयोगमा समेत रोक लगाउन मन्त्रालयलाई निर्देशन दिएको छ भने सुर्तीजन्य पदार्थको प्रयोगबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिने निर्णय गरेको समिति सभापति अव्दुल खानले जानकारी दिए । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ सरकार गठन भएसंगै मन्त्रालयले गरेका कामहरुको विवरण समय–समयमा सार्वजनिक गरिने बताए । मन्त्रालयभित्र समस्यामा रहेका विषयलाई निर्मम ढंगले छलफल गरेर निष्कर्षमा पुराउने उहाले प्रतिवद्धता जनाए । मन्त्री भण्डारीले उद्योगीहरुको समस्या समाधान गर्न हड्तालमुक्त, लोडसेडिङमुक्त बनाउने नीतिका साथ अघि बढ्ने जिकिर गरे । बैठकमा चिनी उद्योग तथा उखु किसानहरुका समस्या समाधान सुझाव उप समितिको प्रतिवेदन र स्पञ्ज आइरन, विलेट्सको भन्सार महशुल, अन्तःशुल्क तथा उद्योगहरूको अध्ययन अनुगमन उप समितिको प्रारम्भिक प्रतिवेदन पेश गरिएको थियो...

Read More

पदभार ग्रहण गर्दै महान्यायाधिवक्ता बडालले भने : सरकारको प्रतिरक्षा प्रभावकारी रुपमा गर्छु

काठमाडौँ – महान्यायाधिवक्ता रमेश बडालले पदभार ग्रहण गरेका छन् । बिहीबार शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएपछि महान्यायाधिवक्ताको कार्यालय पुगेर बडालले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै बडालले संविधानले निर्धारण गरेको दायरा अनुरुप आफूले काम गर्ने बताए । सरकारलाई उचित सल्लाह दिँदै सरकारविरुद्ध परेका मुद्दाहरुको प्रतिरक्षा गर्ने कामलाई आफूले प्रभावकारी रुपमा अघि बढाउने उनले बताए । उनले कुनै पनि घटनाबाट प्रभावित भएका व्यक्तिहरुलाई न्याय दिने कामलाइ उचित ढंगले अघि बढाउने धारणा राखे । वरिष्ठ अधिवक्ता बडाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले...

Read More

शेयर बजारमा उछाल : एकैदिन झण्डै ६० अंकले बढ्दा २४ सय नाघ्यो नेप्से

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ६० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर दुई हजार चार सय २४ दशमलव ३२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव ३७ अङ्कले उकालो लागेर चार सय ३६ दशमलव १४ मा पुगेको छ । नेप्सेका अनुसार कुल तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता शेयर रु १८ अर्ब ५४ करोड ८८ लाख सात सय ३८ मा कारोबार भयो । नेपाल इन्भेष्टमेन्ट मेघा बैँक, नेपाल फाइनान्स लिमिटेड, आँखुखोला जलविद्युत...

Read More

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख पुग्यो

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ । वि.सं. २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरुमा मुलुककै सबै भन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ । साथै, हालैमात्र बैंककोे निक्षेप ५ खर्ब रुपैयाँ भन्दा बढि पुगेको छ । पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल आइएमई बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरुमध्य पहिलो नम्बरमा रहेको छ । ग्राहकमैत्री सेवाहरु, साना तथा मझौला ब्यवसायमा जोड, प्रविधीमैत्री सेवाहरुका साथै उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै बैंकले आम...

Read More