प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने
काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री केपी शर्माओलीले साउन ६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार संवैधानिक रुपमा विश्वासको मत लिन ३० दिन समय रहे पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिएर ढुक्कसँग काम गर्ने सोचका साथ उक्त निर्णय गरेका हुन् । संसदमा प्रधानमन्त्री ओलीलाई एमाले र काँग्रेससहित जनता समाजवादी पाटी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतको समेत समर्थन रहने छ । असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत पाउन नसकी पदमुक्त भएपछि एमाले अध्यक्ष ओली...
Read More

























