Author: Himalaya Post

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रक्रियाको कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे संसद्को कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्ने र सो बैठकले कार्यसूची तयार गरी बैठकमा प्रस्तुत गर्ने बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । मुख्यमन्त्री जम्मकट्टेलको मन्त्रिपरिषद्मा एमालेका तर्फबाट समावेश पाँच मन्त्रीले सामूहिक राजीनामा दिएपछि उनी अल्पमतमा परेका हुन् । मुख्यमन्त्री जम्कट्टेलको नेतृत्वमा रहेको सरकारमा अहिले माओवादीको दुई, एकीकृत समाजवादीको तीन र हाम्रो नेपाली पार्टीको एक गरी आठ जना मन्त्री छन्...

Read More

गृहमन्त्री लेखकको पहिलो निर्णय : सिमताल बस दुर्घटनाको अध्ययन गर्न समिति गठन गर्ने

काठमाडौँ – नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनको सिमतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका छन् । सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री लेखकले सिमताल घटनाको अध्ययन गर्नका लागि सहसचिव छवि रिजालको नेतृत्वमा समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । त्यस्तै उनले नेपाल प्रहरीको अपराध नियन्त्रण कार्ययोजना समेत स्वीकृत गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । सो क्रममा उनले प्राकृतिक प्रकोपका कारण देशभरमा भइरहेको जनधनको क्षति रोक्नका लागि ध्यान केन्द्रित गर्ने बताए । उनले बाढीपहिरो प्रभावित क्षेत्रहरूमा प्रभावकारी काम गर्नका लागि आवश्यक कार्ययोजना बनाएर नै अघि बढ्ने जानकारी दिए । मन्त्री लेखकले विधिको शासन, शान्ति सुरक्षा,...

Read More

दोहोरो अंकले घट्यो नेप्से, कारोबार भने साढे ८ अर्ब बढी

काठमाडौँ – यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४० दशमलव ४१ को विन्दुमा कायम भएको हो । आज तीन सय ३२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर एक लाख दुई हजार तीन सय ७२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ बराबरको कारोबार भएको छ । आज जलविद्युत् समूह शून्य दशमलव ७३, लगानी एक दशमलव ७०, उत्पादन तथा प्रशोधन शून्य...

Read More

नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन : अर्थमन्त्री पौडेल

काठमाडौँ – नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताएका छन् । आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले नवगठित सरकारले तय गर्ने कार्यदिशालाई आगामी आर्थिक वर्षको बजेटले समस्या नपार्ने विश्वास व्यक्त गरे । उनले बजेट कार्यान्वयनमा कुनै समस्या देखिएमा त्यसलाई प्रक्रियागत रुपमा संशोधन गर्न सकिने धारणा राखे । “सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन । यदि बाधा देखियो भने कसरी फुकाउने भनेर कानुनी र संवैधानिक व्यवस्था छन् । सोही अनुसार संशोधन प्रक्रियामा जान्छौंँ”, अर्थमन्त्री पौडेलले भने...

Read More

उपप्रधानमन्त्री सिंहद्वारा गणेशमानको शालिकमा माल्यार्पणपछि पदभार ग्रहण

काठमाडौँ – उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेका छन् । शितल निवासमा पद तथा गोपनीयताको सपथपछि शान्तिबाटीमा पुगेर वीर गणेशमान सिंहको सालिकमा माल्र्यापण गरेपछि सिंहदरबार पुगेर सिंहले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले सहरी विकास मन्त्रालय अन्तर्गतका निकायमा हुने राजनीतिक नियुक्तीसम्बन्धी कार्यविधि र मापदण्डमा अन्य देशको पिआर नलिएको स्वघोषणा गर्नुपर्नेसहितको कानुन परिमार्जनको सहमतिका लागि कानुनमन्त्रालयमा पठाउने सम्बन्धी फाइलमा हस्ताक्षर गरे । सो क्रममा उपप्रधान एवं सहरी विकास मन्त्री सिंहले मुलुकलाई स्थायित्व र समृद्धितर्फ अघि बढाउन वर्तमान सरकार गठन भएको भन्दै मन्त्रालयका कामलाई पनि वर्तमान सरकारको लक्ष्य अनुसार अघि बढाउने धारणा राखे ।...

Read More