प्रसिद्ध ज्योतिष पंडित डा. अधिकारीको सांगीतिक उडान, एकै पटक तीन म्युजिक भिडियो सार्बजनिक
काठमाडौँ । प्रसिद्ध ज्योतिष पंडित डा. रुद्रनाथ अधिकारीले गीतकारका रुपमा समेत नेपाली सँगीतको उचाई चुम्न उडान भरेका छन् । सोमवार काठमाडौंमा एक कार्यक्रमकाबीच अधिकारीका तीन म्युजिक भिडियोहरु एकसाथ सार्वजनिक भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थमन्त्री तथा प्रतिष्ठित गीतकार एवम् कवि एस.पी. कोइराला लगायत बिशिष्ठ ब्यक्तित्वहरुले डा. अधिकारीको सांगीतिक यात्राको बिधिबत शुभारम्भ गरेका हुन् । कार्यक्रममा ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिजमा’ बोलका गीतहरुको म्युजिक भिडियो सार्वजनिक भएका छन् । बुझ मायालुमा प्रमोद खरेलको स्वर रहेको छ भने नरेन खड्का, समिक्षा क्षेत्री र अनुप बोहराको अभिनय रहेको छ । यस्तै रहेछ भाग्यमा पनि प्रमोद खरेलकै स्वर रहेको...
Read More

























