संविधान संशोधनको नाममा काँग्रेस-एमाले जनताका अधिकार सीमित गर्ने बाटोमा हिँडे : शक्ति बस्नेत
काठमाडौँ – ऊर्जामन्त्री शक्ति बहादुर बस्नेतले संविधानलाई संशोधन गर्ने नाममा कांग्रेस–एमाले जनताको अधिकार सिमित गर्ने बाटोमा हिड्न खोजेको आरोप लगाएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बस्नेतले संविधानको समीक्षा गर्ने बहानामा अनावश्यक संशोधन गर्दै जनताको अधिकार सिमित गर्ने बाटोमा कांग्रेस–एमाल हिड्न खोजेको आरोप लगाए । उनले नयाँ गठबन्धनको आधार संविधान तोडफोड गर्नु नै भएको जिकिर गरे । माओवादीका नेता समेत रहेका बस्नेतले अहिलेको परिघटना पार्टी विशेषको मात्रै कुरा नभएको भन्दै देशको समग्र अवस्थाको विषय रहेको धारणा राखे । संसदीय व्यवस्थामा को सरकारमा जान्छ भन्ने विषय सामान्य रहेपनि यसले देशलाई पुराउने क्षतिका बारेमा समिक्षा गर्नुपर्ने उनको...
Read More

























