Author: Himalaya Post

सरकारप्रति कांग्रेसको असन्तुष्टि, भने– ‘विश्वासको मत लिन्छु भन्छ सदनप्रति उत्तरदायी बन्दैन’

काठमाडौँ– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सरकारका मन्त्रीहरू सदनमा नआएकोप्रति असन्तुष्टि जनाएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले बोल्दै सो धारणा व्यक्त गरेका हुन् । बाढी पहिरो, डुबानले ठूलो जनधनको क्षति हुँदा पनि सरकारले सदनलाई जानकारी नदिएको उनको आरोप छ । उनले भने, ‘संविधान अनुसार सरकारले विश्वासको मत लिन खोजिरहेको छ। सरकारले पूरै ३० दिन लेओस्, तर सरकार हुँदासम्म त सदनप्रति उत्तरदायी हुनुपर्‍यो। सरकारले अविरल वर्षाको कारणले सदनलाई जानकारी गराइदेओस्। यसमा द्रुत रूपले काम गरोस् भन्ने...

Read More

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा लर्निङ्ग सेन्टर स्थापना, एकैपल्ट ३६५ जनाले प्रशिक्षण लिन सक्ने

काठमाडौँ– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो सबै प्रदेशको प्रदेश कार्यालय स्थित आप्mनै भवनमा लर्निङ्ग सेन्टर संचालनमा ल्याएको छ । कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बाग्मती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा ‎एकसाथ बैंकले सबै लर्निङ्ग सेन्टरहरु संचालनमा ल्याएको हो । कर्मचारीहरुलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरु संचालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरु संचालन गर्न बैंकले लर्निङ्ग सेन्टरको स्थापना गरेको हो । यो लर्निङ्ग सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बाग्मतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरि एकै पल्ट ३६५ जनाले कार्यक्रममा सहभागिता जनाउन...

Read More

लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर– मोरङ र धनकुटाबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराती मोरङको इलाका प्रहरी कार्यालय लेटाङको प्रहरी टोलीले सोही नगरपालिका– ६ का ३२ वर्षीय अभिषेक मगर र २४ वर्षीय बाराक लिम्बुलाई ५ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.१९ प ९८७७ नम्बरको मोटरसाईकल चालक साँगुरीगढी–९ का २६ वर्षीय लक्ष्मण राईलाई १२ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ...

Read More

खोलामा डुबेर बालकको मृत्यु

झापा– झापाको झापा गाउँपालिका-२ स्थित सानो माई खोलामा डुबेर १ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका-२ का रहमान आलम मियाको ३ बर्षीय छोरा दिलसाद आलम मिया रहेका छन् । हिजो दिउँसो खोलामा खेल्ने क्रमममा पानीमा डुबी घाईते भएका उनको उपचारको क्रममा कन्काई अस्पताल सुरुङ्गामा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ...

Read More

आज कुन स्थानमा वर्षाको सम्भावना कति ?

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। मंगलबार दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी...

Read More