अर्थमन्त्री पुनको जिकिर : बजेट वितरणमुखी नभई उत्पादनमुखी छ
काठमाडौँ – अर्थमन्त्री वर्षमान पुनले बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्र समेतको मनोबल बढाउने रहेको बताएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको समेत बताए । आगामी वर्ष कृषिक्षेत्रमा लगानी दशक घोषणा गरी कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायिकीकरण तथा प्रविधिको प्रयोग गरी उत्पादन, भण्डारण, प्रशोधन एवं वितरणका समग्र चरणमा सुधार गर्दै उत्पादन तथा उत्पादकत्व बढाउने लक्ष्य रहेको उनले बताए । उनले कृषि क्षेत्रमा सरकारले उच्च महत्व र प्राथमिकता दिएको उल्लेख गरे । सरकार सबै भौगोलिक क्षेत्र, वर्ग समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिवद्ध रहेको...
Read More

























