Author: Himalaya Post

कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक

पर्वत – जिल्लाको सबैभन्दा पहिलो, अग्लो र लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । डेढ दशकअघि निर्माण गरिएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । पुलबाट यात्रा गर्दा जोखिम निम्तिन सक्ने खतरा बढेकाले मोटरसाइकल, स्कुटरलगायत दुई पाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए । विसं २०६६ मा निर्मित कुश्मा–ज्ञादी झोलुङ्गे पुल अहिलेसम्म मर्मत हुन सकेको छैन । मानिस पैदलयात्रा गर्ने पुलमा एकैपटक दर्जनौँ मोटरसाइकल गुडाउँदा दुर्घटनाको जोखिम भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले सहरी विकास मन्त्रालयअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनसँग परामर्श गरी अर्को सूचना जारी नहुँदासम्म दुई...

Read More

अन्य देशहरुको अनुभव लिएर छिमेकी मुलुकसँगको नीति बनाउनुपर्छ : अर्थमन्त्री पुन

काठमाडौँ– अर्थमन्त्री वर्षमान पुनले नेपालको भौगोलिक अवस्थिति अनुसारका अन्य देशहरुको अनुभव लिएर छिमेकी मुलुकसँगको नीति बनाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित कृषि क्षेत्रको रूपान्तरणमा नेपाल भन्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले नेपालको विश्वसँग सहजै अन्तरक्रिया गर्ने सम्भावना कम रहेकाले दुई छिमेकी मुलुकसँग अन्तरक्रिया गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै अन्य देशहरुको अनुभव लिएर सोही अनुसारको राजनीतिक संरचना, विदेश नीति, अर्थनीति र विकास नीति बनाउनुपर्नेमा जोड दिएका छन् । उनले ६० प्रतिशत भन्दा बढी जनसंख्या आबद्ध रहेको नेपालको कृषि क्षेत्रको योगदान कुल ग्राहस्थ्य उत्पादनमा भने २४ प्रतिशतमा सीमित हुन पुगेको बताए । उनले देशको अर्थतन्त्रको कुल ग्राहस्थ्य उत्पादनमा मुख्य योगदान सेवा...

Read More

स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको १९४ औंं शाखा सञ्चालनमा

काठमाडौँ– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९४औं शाखा गण्डकी प्रदेश, स्याङ्जाको वालिङमा संचालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा संचालनमा रहेका शाखाहरु १५ पुगेका छन् । वालिङमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई संवोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा स्याङ्जा जिल्लामा पहिलोपटक सेवाको सुरुवात गरेको र बैंकले स्याङ्जा बासीहरुबाट भरपुर साथ र सहयोग पाउने आशा राखेको र बैंकले पनि सेवामा कुनै कमि हुन नदिने बताए । उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ...

Read More

भान्छा कोठामा विषालु गोमन सर्प

दाङ– दाङको घोराही उपमहानगरपालिका३ स्थित बर्गदुवाका कमल बुढाथोकीको भान्छा कोठामा शुक्रबार बिहान देखिएको विषालु गोमन सर्प । सर्प आहाराको खोजीमा मुसा, कुखुराका अण्डा, चल्ला भएको घरका कोठामा बढी छिर्ने गर्छ । सर्पलाई जीवितै उद्दार गरेर डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ...

Read More

राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन : कोइराला

चितवन – नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले राजनीतिक स्थायित्वका लागि संसद्मा प्रतिनिधित्व गरेका दुई ठूला दल मिलेका बताएका छन् । यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले देशमा राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउने बताए । उनले भने, “दुई ठूला दल मिल्नु राम्रो कुरा भए पनि लोकतन्त्रमा प्रतिपक्ष पनि त्यतिकै बलियो हुन आवश्यक छ ।” सङ्घीयता कार्यान्वयनमा गइसकेको भए पनि सर्वसाधारणलाई यसबारे बुझाउन नसकिएको स्वीकार गर्दै उनले बजेट बाँडफाँट गर्दा प्रदेशलाई दृष्टिगत गरेर केन्द्र सरकारले बजेट विनियोजन गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए । विकेन्द्रीकरणका माध्यमबाट मात्र चौतर्फी विकास सम्भव हुने भएकाले सबै राजनीतिक दलले यो वास्तविकतालाई...

Read More