Author: Himalaya Post

पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध

कर्णाली – विभिन्न ठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो । दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले पालेतडा–पादुका खोला बीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको बताए । उनले अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोली परिचालन भएको जानकारी दिए । यसैगरी, मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध भएको छ । रुकुमपश्चिमको मुसिकोट नगरपालिका–८ किटनीमा बिहीबार साँझ खसेको पहिराले बाटो अवरुद्ध भएको हो । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाटो खुलाउने प्रयास जारी रहेको राससलाई बताए...

Read More

अनसन स्थगित गरेका डा. केसीले दबाबमूलक कार्यक्रम जारी राख्ने

काठमाडौँ – प्रा.डा. गोविन्द केसीले आफ्नो मागहरु यथावत रहेको भन्दै दबाबमूलक कार्यक्रम जारी राख्ने बताएका छन् । आफ्ना माग पुरा नभए असार १४ गतेदेखि अनसन बस्ने यसअघि नै घोषणा गरेका डा. केसीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शुभेच्छुकको सुझाव अनुसार अहिले अनसनको कार्यक्रम स्थगन गर्दै दबाबमूलक कार्यक्रम जारी राख्ने बताएका हुन् । उहाले सरकार लगायत सम्बन्धित निकायले समयमै प्रक्रिया अगाडि नवढाएमा तथा माग तथा सम्झौताहरु सम्बोधन गर्न ढिलाइ गरेमा कुनैबेला पनि सत्याग्रह शुरु गर्न वाध्य हुने चेतावनी दिए । चिकित्सा शिक्षा आयोगले गलत नियतवस ऐन विरुद्ध गरेको सम्वन्धन दिने निर्णय तुरुन्त फिर्ता लिन, मिलिमतो र प्रलोभनबाट प्रभावित भई न्याय...

Read More

सिटिजन्स बैंकद्वारा श्री सु.प. समावेशी आधारभूत विद्यालयलाई सहयोग प्रदान

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको अत्तरियास्थित श्री सु.प. समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोग स्वरुप उपलब्ध गराएको छ । सो विद्यालय शारीरिक रुपमा अपांगता भएका बालबालिकाहरुलाई आवासिय रुपमा राखेर अध्यापन गराउने सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यालय हो । दिन प्रतिदिन बढ्दै गएको गर्मीको कारण अशक्त बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा असर परेको हुँदा गर्मीको असरलाई केही हदसम्म भएपनि न्यूनीकरण गर्ने मनासायले बैंकले विद्यालयलाई फ्यान सहयोग प्रदान गरेको हो । बैंकको यस कार्यबाट विद्यार्थीहरुको दैनिक क्रियाकलाप र पठनपाठनमा केही सहजता हुने विश्वास बैंकले लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक,...

Read More

२७ जना महिला आरोहीले सिन्धुपाल्चोकको गन्जला-चुलीको आरोहण गर्दै

काठमाडौँ – २७ जना महिलाको समूहले सिन्धुपाल्चोकको थाङपालमा रहेको गन्जला–चुलीको आरोहण गर्ने भएका छन् । ५ हजार ८ सय ६३ मिटर उचाइमा रहेको गन्जला–चुली (कांगा) को आरोहण गर्न सो महिलाको समूह यही असार १५ गतेका दिन काठमाडौंबाट सिन्धुपाल्चोक तर्फ जान लागेका हुन् । विश्व समावेशी साहसी संस्थामार्फत गन्जला–चुलीको आरोहण गर्न लागेका टोलीलाई शुक्रबार काठमाडौंमा विदाई गरिएको थियो । काठमाडौं नजिक रहेको उक्त गन्जला–चुलीलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउनका लागि बिभिन्न गतिविधि गर्दै आएको संस्थाले जनाएको छ...

Read More

भदौसम्म बूढीगण्डकी आयोजना निर्माणको सुनिश्चितता गर्न बाबुरामको अल्टिमेटम

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भाद्र मसान्तसम्म बूढीगण्डकी आयोजना निर्माणको सुनिश्चितता गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । बूढीगण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजनाको निर्माण सुरु गर्नुपर्ने माग राख्दै शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै भट्टराईले भाद्र मसान्तसम्म आयोजना निर्माणको सुनिश्चितता गर्न सरकारलाई अल्टिमेटम दिँदै आफूहरुको माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उनले अहिलेको विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको संरचनाले उक्त आयोजना निर्माण गर्न नसक्ने बताए । आयोजना निर्माणका लागि अधिकार र साधनस्रोत सम्पन्न बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्नुपर्ने उनको माग छ । त्यस्तै भट्टराईले आयोजना प्रभावित नागरिकहरुका जायज मागहरुलाई यथासिघ्र...

Read More