Author: Himalaya Post

राष्ट्रिय परिचयपत्र वितरण प्रभावकारी र सहज बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौँ – गृह मन्त्रालयद्वारा राष्ट्रिय परिचयपत्र वितरण प्रभावकारी र सहज हुनेगरी व्यवस्था मिलाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन जारी गरिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै पहिलो चरणमा तोकिएका २८ जिल्लामा भीड बढेको र ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूलाई सेवा लिन असहज भएको गुनासो आएकाले समस्याको पहिचान गरी सम्बोधन गर्न निर्देशन गरिएको हो । मन्त्रालयले आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय र ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य नभएकाले सोही अनुसार व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ...

Read More

आईपीओ जारी गर्दै भुगर्भ सिमेन्ट, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त

काठमाडौं – भुगर्भ सिमेन्टले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरमा सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आइपीओ निष्कासन गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत सेयर जारी गर्नेछ । कम्पनीले उद्योग प्रभावित क्षेत्र, वैदेशिक रोजगारीमा रहेका नेपाली कम्पनीका कर्मचारी, सामुहिक लगानी कोष र सर्वसाधारणलाई सेयर निष्कासन गर्नेछ । सो सम्बन्धमा भुगर्भ सिमेन्ट र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच बिहीबार धितोपत्र निष्कास तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौता पत्रमा भुगर्भ सिमेन्टको तर्फबाट प्रमुख कार्यकारी...

Read More

राष्ट्रिय हितलाई छाड्न भू-राजनीतिको विषय उठिरहेको छ : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले राष्ट्रिय हितलाई छाड्न भू–राजनीतिको विषय उठिरहेको बताएका छन् । जननेता मदन भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्मृति प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले देशको हितमा नभइ देशको स्वाधीनतालाई कमजोर पार्न र आफ्नो स्वार्थ पुरा गर्न भू–राजनीतिको विषय उठिरहेको बताएका हुन् । उनले भू–राजनीतिको नाममा राष्ट्रिय स्वाभिमानलाई कमजोर पार्न नहुने धारणा राखे । सांस्कृतिक, आर्थिक र सामाजिक भिन्नताका दुई ठूला देशसँग खेलवाड गर्न नहुने र ठूला बलियाका प्रतिस्पर्धामा पर्न नहुने उनले बताए । ओलीले छिमेकीहरुले नेपालसँग न्यायोचित व्यवहार गर्नुपर्ने र सरकारले पनि छिमेकीसँग जायज विषयहरूमात्रै उठान गर्नुपर्नेमा जोड दिए...

Read More

हतारमा वामपन्थी वा पार्टी एकता गर्ने पक्षमा छैन : प्रधानमन्त्री प्रचण्ड

चितवन – प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा वामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन् । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विगतमा पार्टी एकताको नाममा भएको दुर्घटनाबाट पाठ सिक्दै हतारमा बामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका हुन् । पार्टी एकता एकताभन्दा राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गर्दै काम गर्दै जाने उनको भनाइ छ । उनले पार्टी एकताका नाममा पुरानै दुर्घटना नहोस भन्नेमा सचेत रहेको धारणा राखे । त्यस्तै प्रधानमन्त्री प्रचण्डले किसानहरुलाई मलको अभाव हुन नदिन राम्रो तयारीमा रहेको बताए । उनले चितवनमा...

Read More

भारतीय सहयोगमा लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बामा छात्रावास बन्ने, राजदूत श्रीवास्तवद्वारा शिलान्यास

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिने छात्रावास भवनको आज संयुक्त रुपमा शिलान्यास गरेका छन्। ‘नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको नेरु ४.१४ करोड आर्थिक सहयोगमा उक्त छात्रावास भवनको निर्माण गर्न लागिएको हो । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र गुम्बा विद्यालय व्यवस्थापनका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस गुम्बा विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले छात्रावास भवनको निर्माणमा उपयोग गरिने दूतावासले जनाएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको...

Read More