समानुपातिक समावेशिता नदेखिएको भन्दै मधेशी आयोगद्वारा प्रधानमन्त्रीलाई पत्र
काठमाडौँ– मधेशी आयोगले सरकारद्वारा विगतमा गरिएका नियुक्तिहरुमा समानुपातिक समावेशिता नदेखिएको भन्दै प्रधानमन्त्रीलाई पत्र पठाएको छ । आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक पत्र लेख्दै नेपालको संविधान २०७२ को प्रस्तावना तथा विभिन्न धाराहरुमा समानुपातिक समावेशिता तथा समनाताको बारेमा उल्लेख भएपनि व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिकामा सो को कार्यन्वयनको अवस्था निकै कम्जोर देखिएको उल्लेख गरेका छन् । सो पत्रमा विगत केही वर्ष देखि राज्यको विभिन्न अंगहरु जस्तै कुटनीतिक नियोग, संवैधानिक निकाय आदिहरुमा हुने नियुक्तिमा मधेशी समुदायको शुन्य प्रतिशत उपस्थिति देखिएकोले आयोगको गम्भीर ध्यानकर्षण भएको बताइएको छ । यसरी राज्यको विभिन्न महत्वपूर्ण निकायहरुमा हुने नियुक्तिमा समानुपातिक समावेशिताको सिद्धान्त पालना नभएको...
Read More

























