Author: Himalaya Post

नेकपा एस महाधिवेशन : सर्वसम्मत नेतृत्व चयनको प्रयास

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपङ्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ । राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय नेतृत्वमा पनि निर्विरोध उम्मेदवारको खोजी गरिएको हो । पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमा काम गर्न सक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजानुपर्ने पार्टीका सातै प्रदेशका अध्यक्षले सुझाव दिएका छन् । सम्मानित नेता झलनाथ खनालले सबै प्रदेश अध्यक्षसँग गरेको छलफलमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग विभाजित हुनुको औचित्य पुष्टि गर्नसक्नुपर्ने सुझाएका छन् । कोशीबाट बलदेव चौधरी, गण्डकीका श्रीनाथ बराल, बागमतीका सावित्रा भुसाल, मधेस प्रदेशका रामचन्द्र यादव, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह छलफलमा सहभागी थिए । पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच समझदारीका साथ सर्वसम्मत नेतृत्व चयनका लागि पुस्तान्तरणका विषयमा पनि छलफल गरिएको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । यही असार १६ देखि २० गतेसम्म पार्टीको महाधिवेशन हुँदैछ...

Read More

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबिच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ...

Read More

देवघाटमा १४२ आयोजना सम्पन्न

तनहुँ – देवघाट गाउँपालिकामा एक वर्षमा एक सय ४२ वटा आयोजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा एक सय १६ वटा आयोजना उपभोक्ता समितिबाट र २६ वटा ठेक्का प्रक्रियाबाट सम्पन्न भएका देवघाट गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका इन्जिनियर तीर्थ ढुङ्गानाका अनुसार पू्रा भएका योजनामध्ये गाउँपालिकास्तरीय ४१ र वडास्तरीय एक सय एक छन् । वडा नं २, ३, ४ र ५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ भने वडा नं १ गाउँपालिका प्रशासकीय भवन पूरा हुने चरणमा छ । इन्जिनियर ढुङ्गानाले १० शय्याको देवघाट आधारभूत अस्पताल भवनको पहिलो तलाको ढलान गरिएको जानकारी दिए । उनका अनुसार...

Read More

स्लोभाकियामा बस र रेल आपसमा ठोक्किदा ६ जनाको मृत्यु, पाँचजना घाइते

दक्षिणी स्लोभाकियामा बस र रेल आससमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा छजनाको मृत्यु भएको छ । घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय एक्सप्रेस रेल र बस लेभल क्रसिङमा ठोक्किएर दुर्घटनामा परेको आपतकालीन कामदारले बताएका छन् । दुर्घटना राजधानी ब्राटिस्लाभाबाट करिब ८० किलोमिटर पूर्वमा रहेको नोभ जाम्की सहर नजिक भएको हो । स्थानीय समय अनुसार बेलुका ५ बजे भएको घटनामा कम्तीमा पाँच जना घाइते भएको समाचार एजेन्सीहरूले जानकारी दिएका छन् । दुबै बस र ट्रेनका चालकहरू घाइते भएका छन् र उनीहरूलाई अस्पताल लगिएको बताइएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा सबै बसमा सवार व्यक्तिहरू...

Read More

संघिय कर्मचारीको दरबन्दी घटाउने सरकारको तयारी, ओएनएम अन्तिम चरणमा

काठमाडौँ– सरकारले ठूलो सङ्ख्यामा कर्मचारीको दरबन्दी घटाउँदै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गर्ने कार्यलाई तीव्रता दिएको छ । सरकारले अहिलेसम्म १२ वटा सङ्घीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउँदै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम सम्पन्न गरेको छ । सङ्घीय कार्यालयमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले मन्त्रालय, विभाग, आयोग, कार्यालयलगायतका सङ्घीय कार्यालयमा कर्मचारीको दरबन्दी घटाउँदै १२ वटा कार्यालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार दरबन्दी पुनरावलोकनका क्रममा सङ्घीय कार्यालयमा विभिन्न पदका गरी कुल ५३ हजार ३८२ जना कर्मचारीको दरबन्दी रहेकोमा अहिले एक हजार ८४६ दरबन्दी घटाएर ५१ हजार ५३८ दरबन्दी कायम गरिएको छ...

Read More