Author: Himalaya Post

आगामी केही दिन मनसुन थप सक्रिय हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । बिहिबार साँझ मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको हो । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले आजदेखि देशैभर मौसम बदली भई, हल्कादेखि मध्यम वर्षा हुने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिए । उनका अनुसार मनसुनी वायुको प्रभावले आजदेखि असार १६ गते आइतबारसम्म देशभर साधारणदेखि...

Read More

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

गुल्मी– गुल्मीमा बिहिबार साँझ भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा परेर ट्याक्टरमा सवार मालिका गाउँपालिका वडानम्बर–२ दर्लिङ् बस्ने टिकाराम वि.क.को छोरा अन्दाजी ६ वर्षको शिव वि।क मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताए । छल्दीबाट तम्घास आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर गुल्मी रेसुङ्गा नगरपालिका वडानम्बर–४ रायढुङ्गा स्थित तम्घास– सिमलटारी पक्की सडक खण्डमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर ट्याक्टर चालक धुर्कोट गाउँपालिका वडानम्बर-५ बस्तु बस्ने २६ वर्षका दिपक गोतामेको टाउको अनुहार भागमा चोट रहेको र अवस्था गम्भीर रहेको छ ।...

Read More

विश्वकप क्रिकेट : इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश

काठमाडौं- भारत आइसिसी टी(२० विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो । गयानामा भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत तेस्रो पटक टि-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६.४ ओभरमा १०३ रनमा समेटियो । इङ्ल्यान्डका ओपनर जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । तर चौथो ओभरको पहिलो बलमा उनलाई अक्षर पटेलले आउट गरे । पाँचौं ओभरमा फिल साल्ट ५ रन बनाउँदा जसप्रित बुम्राहद्वारा बोल्ड आउट भए...

Read More

जनधनको क्षति कम गर्न बाढीको पूर्वसूचना दिने प्रणाली प्रभावकारी

झापा – कनकाईको बाढी दुई वर्षअघि बस्तीमा पस्नुअगावै आफूहरू सुरक्षित स्थानमा पुगेको शिवसताक्षी–४ किचकडाँगीका टेकनारायण राजवंशीको स्मृतिमा ताजै छ । “राति तीनपटक साइरनको चर्को आवाज सुनेपछि परिवारका सबै सदस्य निद्राबाट ब्युँझिएका थियौँ”, उनले त्यसबेलाको घटना सम्झिँदै भने, “हस्याङ्फस्याङ गर्दै वृद्ध आमासहित नजिकैको विद्यालयमा सबैजना पुगेर ज्यान बचाएका थियौँ”, सुरक्षित आश्रयस्थलमा पुगेको केही समयपछि बाढी पसेर बस्ती जलमग्न भएकोे स्मरण उनले सुनाए । जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईको तटीय बस्तीमा बर्खा लागेपछि बाढीको पूर्वुसूचना दिन जडान गरिएका साइरन बज्नु सामान्यजस्तै भइसकेको छ । इलाममा वर्षाको मात्रा बढ्नासाथ नदीमा बाढी आउने र बस्तीमा पस्ने घटना बर्सेनि दोहोरिने गरेको छ । बाढी...

Read More

बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौँ – बैङ्ककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण सङ्घसँगको संयुक्त आयोजनामा बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । त्यस अवसरमा थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले पर्यटन क्षेत्रको व्यावसायिक सम्भावनाको खोजी गर्न सहभागी सबैलाई आग्रह गरे । नेपालले थाई पर्यटकहरूलाई भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र शान्तिको स्रोत, राजर्षि जनकको राजधानी जनकपुरदेखि मन्त्रमुग्ध गर्ने हिमालयका अनौठास्थलहरूको अवलोकनमा जान आग्रह गरेको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपाल सांस्कृतिक, सम्पदास्थल, प्रकृतिप्रेमी, तीर्थयात्री, साहसिक, मनोरञ्जन, खेलकुद, जङ्गल सफारी गर्न चाहने...

Read More