Author: Himalaya Post

प्रतिनिधि सभा बैठकअघि विपक्षी दल छलफलमा

काठमाडौँ– प्रतिनिधि सभामा बैठकअघि विपक्षी दल छलफलमा जुटेका छन् । सदनमा सहभागीविपक्षी दलको बैठक यतिबेला नयाँ बानेश्वरस्थित संसद भवनमा कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बैठक जारी छ। लगातार गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिाछनेमाथि सहकारी ठगी प्रकरण संसदीय समितिको माग गर्दे आएको नेपाली कांग्रसेलाई विपक्षी दलले पनि साथ दिएका छन् । समितिको टीओआर टुंग्याउन अहिले कार्यदलको बैठक पनि बसिरहेको...

Read More

सिरोहियाको पक्षमा जनकपुरधामका मेयर नै अदालत अगाडि धर्नामा, साधारण तारेखमा छाड्न माग

जनकपुरधाम – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको साधारण तारेखमा माग गर्दै जनकपुरधामका मेयर मनोज कुमार साह नै धर्नामा बसेका छन् ‌। सिरोहिया पक्राउमा विरोध जनाउँदै उनी केही स्थानियहरुसहित धर्नामा बसेका हुन् । नागरिकता नम्बरमा फरक हुनु सिरोहियाको नभई प्रशासन कार्यालयको त्रुटि रहेको उनको दाबी छ । ‘नागरिकता नम्बरमा फरक छ भने त्यो त जिल्ला प्रशासन कार्यालयको त्रुटि हो । यसमा सिरोहिया जीको के दोष रु उहाँ त जनकपुरवासी हुनुहुन्छ । नेपाली नागरिक हुनुहुन्छ’, उनले भने । राज्यले भूगोलका आधारमा जनकपुरधाम र मधेशसँग विभेद गरिरहेको उनको आरोप छ । उनले राज्यले विभेदपूर्ण सिरोहियामाथि ढंगले चलाएको मुद्दा खारेज गर्नुपर्ने माग पनि गरे...

Read More

आज पनि सुनको मूल्यमा ओरालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य आज पनि तोलामा १८ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बिहीबार प्रतितोला एक लाख ३८ हजार ७ सयमा कारोबार भएकामा आजका लागि एक लाख ३६ हजार ९ सय निर्धारण गरिएको छ । बिहीबार पनि सुनको मूल्यमा १८ सय रुपैयाँले घटेको थियो । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक हजार ८ सय ६५मा कारोबार भएकामा आज चाँदीको मूल्य एक हजार आठ सय ५५ छ...

Read More

सिरोहियालाई म्याद थपका लागि आज पुनः अदालत लैजादैँ

काठमाडौँ– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले अदालत लैजाने तयारी गरेको छ । नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई आज पुनः म्याद थपका लागि अदालत लैजान लागिएको हो । यसअघि बुधवार जिल्ला न्यायाधीश चुरामन खड्काको इजलासले सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । म्याद बिहिवार नै सकिएपनि हिजो सार्वजनिक बिदा परेकाले  प्रहरीले आज अदालत लैजान लागेको हो । अनुसन्धान नसकिएकाले म्याद थपका लागि सिरोहियालाई आज अदालत लगिने धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए ।  सिरोहिया मंगलबार थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको मुख्यालयबाट पक्राउ परेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई प्रहरीले मंगलबार साँझ नै धनुषा पठाएको थियो । सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो । पक्राउ परेपछि अध्यक्ष सिरोहियाले राज्यमा बसेका व्यक्तिहरुको कर्तुतका बारेमा कान्तिपुरमा समाचार आएपछि आफुलाई प्रतिशोध साध्न पक्राउ गरेको बताएका थिए । उनले राज्यको अहिलेको कदम प्रेसमाथिको हस्तक्षेप भएको भन्दै थप शसक्त रुपमा प्रस्तुत हुने धारणा राखेका थिए । आफुलाई नागरिकताको विषयमा सोधपुछ नै नगरी पक्राउ गरिएको भन्दै सिरोहियाले गृहमन्त्रीको दुईवटा राहदानीका विषयमा अनुसन्धान गर्न चुनौती दिएका थिए...

Read More

भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा

म्याग्दी – भिर मह निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भिर पुगेका छन् । देख्दा आङ नै सिरिङ्ग हुने कहालीलाग्दो पहरामा भिर मह निकालिरहेको दृश्यको छायाङ्कनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले बताए । टोलीले हत्केलामा जउन राखेर डोरीमा झुन्डिएर मौरीको चाका नजिक पुगेर मह निकाल्ने मह सिकारीको अनुभवसँगै स्थानीयवासी र गाउँपालिकाको टोलीसँग छलफल गरेका वडाध्यक्ष विकले बताए । लुलाङका स्थानीयवासी थमबहादुर सिर्पालीको समन्वयमा आएका विदेशीले धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरसँग भिर महको संरक्षण र निकाल्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरणका बारेमा चासो देखाएका थिए । भिर मह निकाल्न भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी झुन्ड्याउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने गर्छन् । ठूलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरि खर्चिनुपर्छ । झण्डै पाँच सयदेखि एक हजार पाँच सय मिटर उचाइका पहरामा पुगेर गाउँका मोतिप्रसादसहितको टोलीले मह निकाल्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष पुनले धवलागिरिलाई ‘हनी हन्टिङ’का लागि प्रख्यात ठाउँका रूपमा चिनाउन विदेशी टोलीको आगमनले सहज भएको बताए । ग्रामीण पर्यटन प्रवर्द्धनमा मह सिकारले टेवा पुग्ने उनले बाताए । “पर्यटन प्रवर्द्धनमा यो टोलीबाट सहयोगको आश्वासन प्राप्त भएको छ, हामीले पनि अबका दिनमा मह सिकारलाई विशेष बनाउनेछौँ”, उपाध्यक्ष पुनले भने...

Read More