Author: Himalaya Post

कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा

काठमाडौँ – नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपको अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले बुधबार सिरोहियालाई हाजिरी जमानीमा रिहा गरेको हो । जेठमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा बसेका सिरोहिया स्वास्थ्यमा समस्या देखिएपछि १२ जेठमा काव्य अस्पताल भर्ना गरिएका थिए । मुटुसम्बन्धी समस्या भएका सिरोहियालाई थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो । सोही आरोपमा उनी जेठ ८ गते पक्राउ परेका थिए...

Read More

भावुक हुँदै प्रधानमन्त्रीले भने : आरोही भनेपछि आफ्नै परिवारको सदस्यजस्तो लाग्छ

काठमाडौँ – आरोही, पर्यटन व्यवसायीलगायतका प्रतिनिधिले खचाखच नेपाल प्रज्ञा(प्रतिष्ठानको सभाहलमा आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको औपचारिक समारोह सञ्चालन भइरहेको थियो । आरोही कल्याणकारी कोष बनाउने घोषणा गरेर औपचारिक मन्तव्य समापन गर्नुअघि प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले विगत स्मरण गरे । उनी एक्कासी भक्कानिए । उनको गला अवरुद्ध भयो । आँखा रसाए । केहीछिनमा उनी सम्हालिए अनि भने “सगरमाथा आरोहीलाई आज सम्मान गर्ने अवसर प्राप्त भयो । मेरो आफ्नै परिवारका दुई सदस्य छोरा र बुहारीले सगरमाथा आरोहण गरेको हुनाले मलाई आरोही भनेपछि आफ्नै परिवारको सदस्य जस्तै महसुस हुन्छ ।” उनको भावुकताले केहीबेर सभाहलका सहभागी सबै भावविहल बने । उनले आरोहीको कल्याणकारी कोष बनाउने कार्यमा सरकारले पहलकदमी लिने प्रतिबद्धता गरे । उनले भने, “आरोहीको हकहित र उनीहरुको सुरक्षाका लागि आरोही कल्याणकारी कोष बनाइयोस् भनिएको छ । हामी (सरकार) अर्थमन्त्रालयसँग समन्वय गरेर कोष बनाउनेतिर पहल गर्ने विश्वास दिलाउन चाहन्छु, त्यसका साथै पर्वतीय पर्यटन क्षेत्रलाई व्यावसायिकता वृद्धि तथा व्यवसायलाई सहज बनाउन कर छुटको व्यवस्थाका लागि पहल गर्ने विश्वास दिलाउँछु ।” प्रधानमन्त्री दाहालले सगरमाथा दिवसले नेपालको पर्यटकीय आगमन वृद्धि गर्न, हिमालको संरक्षण गर्न, हिमाली क्षेत्रमा भइरहेको फोहर न्यूनीकरण गर्न एवं जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । सगरमाथाबाट आरम्भ भएको हिमाल आरोहणको यात्रा नेपाललगायत विश्वका विभिन्न हिमशिखरहरुको आरोहण हुँदै विश्वव्यापी फैलिएको उल्लेख गर्दै सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरुको आत्मसम्मानलाई उच्च प्राथमिकता राखेर नीति तथा कार्यक्रम तर्जुमा गर्ने जानकारी दिए । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री हितबहादुर...

Read More

देउवा निवासमा विपक्षी दलको छलफल, माधव नेपाल पनि सहभागी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा विभिन्न दलका शीर्ष नेताहरुसंग छलफल गरेका छन् । बूढानीलकण्ठमा भएको छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुर लगाएतका नेताहरु सहभागी थिए । सो क्रममा मधेश प्रदेश सरकारको विषय लगाएत राजनीतिक घटनाक्रम, सहकारी प्रकरणका लागि गठित छानबिन समिति लगाएत बारेमा छलफल भएको नेताहरुले जनाएका छन् । उनीहरुले निरन्तर छलफलमा जुट्ने बताएका छन्...

Read More

जनताको आधारभूत अधिकारलाई स्थापित गर्न सबै पक्ष गम्भीर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा उल्लेख जनताको आधारभूत अधिकारलाई स्थापित गर्न सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताएकी छन् । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा बुधबार काठमाडौंमा सुरु पहिलो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दैै पूर्वराष्ट्रपति भण्डारीले संविधानमा उल्लेख मौलिक हकको व्यवहारिक कार्यान्वयन गर्दै जनताको आधारभूत अधिकारलाई स्थापीत गर्न सवै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताएकी हुन् । उनले अहिले देखिएको जलवायु परिवर्तनका कारण नेपालमा परेका असरले जनतालाई समस्या भएको भन्दै युवाहरुले आवाज उठाउनुपर्ने बेला आएको जिकिर गरिन् । त्यस्तै उनले खानेपानीको समस्याका कारण देशका बिभिन्न स्थानका जनताहरु समस्या रहेको भन्दै यसमा पनि बिशेष ध्यान दिनुपर्ने र प्राकृतिक स्रोतहरुलाई जोगाउनुपर्ने धारणा राखिन् । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको संगठन बलियो भएका कारण पार्टी अहिलेको अवस्थामा आइपुगेको बताए । उनले अहिले पनि एमाले विद्यार्थीसंगठनसंग चुनावमा प्रतिष्पर्धा गर्ने हिम्मत कसैसंग नभएको जिकिर गरे । ओलीले सहकारीमा गैर सहकारीलाहरुको प्रवेश भएकाले केही सहकारी बदनाम भएको बताए । उनले साँचो उदेश्यका साथ स्थापना भएका सहकारी अहिले पनि संकटग्रस्त नरहेको उल्लेख गरे । दुई दिनसम्म चल्ने भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको विषद् चर्चा गरिने र महिला आन्दोलनका अबका एजेण्डाहरूलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने एमालेले जनाएको छ । भेलामा पार्टीका केन्द्रीय सदस्यहरु, नेकपा (एमाले) आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी लगाएतको सहभागीता रहेको छ...

Read More

नयाँ बजेट कार्यान्वयन भएसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री प्रचण्ड

सिन्धुपाल्चोक – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा भएसँगै आर्थिक सुधारका कार्यक्रमले गति लिने बताएका छन् । चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन गरेपछि प्रधानमन्त्रीले उत्पादन, उत्पादकत्व र रोजगारी प्रवद्र्धन गर्नेगरी आगामी आवको बजेट सार्वजनिक गरिएको बताए । “गणतन्त्र स्थापनापछि धेरै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रसम्म गुणात्मक परिवर्तन भएको छ,” प्रधानमन्त्रीले भने, “सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।” उनले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई तल्लो तहका जनताले अनुभूत गर्ने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्वका कार्यक्रम अघि सारेको जानकारी दिए । “प्रदेश सरकारका नीति तथा कार्यक्रममार्फत पनि तिनै विषयलाई प्राथमिकतामा राखेको छ । त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ,” प्रधानमन्त्री दाहालले भने । उनले पछिल्ला दिनहरूमा अस्पतालको सेवाप्रवाहमा गुणात्मक परिवर्तन आएको बताए । देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र र समाज स्वस्थ हुनु हो भन्दै प्रधानमन्त्री दाहालले स्वस्थ नागरिकबाटै समृद्धिको सपना साकार हुने विश्वास व्यक्त गरे । “शारीरिक तथा मानसिकरूपमा सबल, सक्षम र स्वस्थ नागरिकहरूको प्रयत्नबाट मात्र कतिपय देशहरू हरेक क्षेत्रमा फड्को मार्न सफल भएका छन्,” प्रधानमन्त्रीले भने, “यही वास्तविकतालाई मनन गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ र गणतन्त्र प्राप्तिको छोटो अवधिमा स्वास्थ्य सूचकाङ्कहरूमा उल्लेख्य सुधार भएको छ ।” विसं २०७२ को भूकम्पले धराशायी भएका भौतिक संरचना तथा चौतारा अस्पतालका संरचना पुनःनिर्माण प्रक्रिया अघि बढाएको स्मरण...

Read More