Author: Himalaya Post

मधेश प्रदेश : १० महिनामा करिब १९ प्रतिशत खर्च

काठमाडौँ – मधेश प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा १८ दशमलव आठ प्रतिशतमात्र खर्च भएको छ । मधेश प्रदेश लेखा नियन्त्रणको कार्यालय जनकपुरधामले मधेश प्रदेश सरकारको कूल बजेट रु ४४ अर्ब ११ करोड ४० लाख ३२ हजारमध्ये उक्त अवधिमा १८ दशमलव आठ प्रतिशतमात्र खर्च भएको जनाएको हो । उक्त अवधिमा चालु खर्च तर्फ २४ दशमलव ६४ प्रतिशत अर्थात रु चार अर्ब ४६ करोड ७४ लाख ६८ हजार तथा पुँजीगत तर्फ १४ दशमलव ४४ प्रतिशत अर्थात रु तीन अर्ब ६९ करोड २१ लाख ८० हजार बजेट खर्च भएको कार्यालयका लेखा अधिकृत मनोज झाले जानकारी दिए । मधेश प्रदेशको वर्तमान सरकारमा...

Read More

प्रथम सिएचआइटीएफ तेक्वान्दो प्रतियोगिता जेठ ११ गतेदेखि हुने

काठमाडौँ – प्रथम सिएचआइटीएफ एसिया आमन्त्रित तेक्वान्दो प्रतियोगिता जेठ ११ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ । आयोजक नेपाल चाङ हुन् अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी जेठ ११ देखि १३ गतेसम्म ललितपुर सातदोवाटोस्थित कराँते महासंघको एकेडेमि हलमा आयोजना हुने जानकारी गराएको हो । प्रतियोगितामा नेपाल मलेशिया, बंगलादेश, भारत, चीन पाकिस्तान लगायत देशका २ हजा ५ सय खेलाडीहरुको सहभागिता हुने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा ८५ स्वर्ण पदक, ८५ रजत पदक र ११६ कास्य पदकका लागि प्रतिष्पर्धा हुने महासंघका अध्यक्ष कुलबहादुर बुढा मगरले जानकारी दिए । शीर्ष तीनमा रहनेले ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ...

Read More

बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमअनुरूप आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन् । कोन्ज्योसोम गाउँपालिकाद्वारा बिहीबार आयोजित त्रिमूर्ति प्रतिमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारको आगामी आवको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिन सक्ने बताए । उनले नीति तथा कार्यक्रममा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएर नीतिगत व्यवस्था गरिएको स्पष्ट पारे। सरकारले अघिल्लो महिनामात्रै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन उत्साहजनक रूपमा सम्पन्न गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उक्त सम्मेलनमा ठोट्ने खोलाको पानी प्रयोग गरी उपत्यकावासीको पानीको समस्या समाधान गर्न विदेशी लगानीकर्ताका लागि परियोजनाको प्रारूप प्रस्ताव गरिएको जानकारी दिए । ‘मेरो विश्वास छ, उक्त प्रस्तावअनुरूप यस आयोजनाका निम्ति विदेशी लगानी जुट्नेछ’, प्रधानमन्त्री दाहालले भने, ‘यसबाट पानीको बहुउपयोग हुने किसिमका बृहत् आयोजना सञ्चालन गर्न सम्भव हुनेछ ।’ कोन्ज्योसोम गाउँपालिकाका केही वडालाई नयाँ सहरका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका निम्ति आगामी दिनमा सम्भाव्यता अध्ययन हुँदै जाने बताए...

Read More

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई ढकालको आग्रह

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने स्पष्ट गरेका छन् । काठमाडौँको चन्द्रागिरिमा बुधबारदेखि सुरु भएको ‘हिमाल, मानिस र जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विशेषज्ञ संवादलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले प्रतिकूलता न्यूनीकरण, जोखिम न्यूनीकरण र दिगो अर्थतन्त्रका लागि जलवायु वित्तीय व्यवस्थापन महत्वपूर्ण रहेकामा जोड दिए । उनले नेपालको जलवायुमैत्री लगानीमा नेपालले गरेका पहलहरूका बारेमा प्रस्तुत गर्दै नेपालको प्राकृतिक सम्पदालाई दिगो विकासका लागि उपयोग गर्न नेपाल सरकार तथा निजी क्षेत्र प्रतिबद्ध रहेको बताए । विशेष गरी ग्लोबल आइएमई बैङ्क र ग्लोबल क्लाइमेट पार्टनरशिप फन्ड बीचको २५ मिलियन अमेरिकी डलर सम्झौताले कार्बन उत्सर्जन र ऊर्जा माग घटाउने उद्देश्य राखेका परियोजनालाई वित्तीय सहायता प्रदान गर्ने अध्यक्ष ढकालले जानकारी दिए । यसबाट नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता परियोजनालाई बलियो बनाउनुका साथै लघु, साना तथा मझौला उद्योगलाई लाभ पुर्‍याइ नेपालको जलवायु प्रतिरोध क्षमता बढाउने उनले स्पष्ट पारे। अध्यक्ष ढकालले निजी क्षेत्रले नेपालमा जलवायु मैत्री लगानी विस्तार गरेको तथा जलविद्युत, सौर्य ऊर्जा, कृषि, पर्यटन, तथा अन्य क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको जानकारी पनि सो अवसरमा दिए । उनले भने– “जलविद्युतमा निजी लगानीले एक हजार ७४४ मेगावाट विद्युत् उत्पादन गरेका छन् । विशेष गरी ग्रामीण क्षेत्रमा सौर्य ऊर्जा परियोजनाहरू बढ्दै गइरहेका छन् र यसले गैर–नवीकरणीय स्रोतहरूप्रति निर्भरता घटाउँदैछ ।” विद्युतीय सवारी साधनमा कम भन्सार शुल्क जस्ता सरकारी नीतिहरूले नवीकरणीय ऊर्जातर्फको परिवर्तनलाई थप समर्थन गरिरहेको र विद्युतीय सवारी प्रवर्धनमा निजी...

Read More

कार्यदलको बैठक निष्कर्षविहीन, काँग्रेसको अडान कायमै

काठमाडौँ – सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ । सिंहदरबारमा बिहीबार बसेको कार्यदल बैठकमा कांग्रेसले रवि लामिछानेको नाम राख्नुपर्ने अडान राखेको छ भने सत्तारुढ दलले भने सहकारीको नाम राखेर छानविन गर्न सक्ने जवाफ दिएको छ । बैठकपछि कार्यदल सदस्य तथा कांग्रेस सहमहामन्त्री जीवन परियारले समिति गठनमा गृहमन्त्रीको नाम राख्नुपर्नेमा कांग्रेसको अडान कायमै रहेको बताबताए । उनले अहिले नै बैठकमा कुनै सहमति नभएको जिकिर गरे । यता एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने बैठक सहमति नजिक पुगेको दाबी गरे । सहकारीको छानबिनका लागि बन्ने संसदीय समितिमा गृहमन्त्री रवि लामिछानेको नाम नराख्न कांग्रेस लचक भएको र यस बिषयमा पार्टीमा छलफल गर्ने जवाफ दिएको उनले बताए । बर्तौलाले गृहमन्त्री मन्त्रीको नाम भन्दा सहकारीको नाम राख्ने विषयमा सहमति जुटाउने प्रयास भइरहेको उल्लेख गरे । त्यस्तै रास्वपा सांसद शिशिर खनालले बैठक सकारात्मक भन्दै सहकारी पीडितको बचत फिर्ताको सुनिश्चितता गराउन र सम्पूर्ण सहकारीमा देखिएको समस्या समाधान गराउन एकमत रहेको धारणा राखे । सहकारी प्रकरणमा संसदीय छानविन गठनका लागि कार्यदेश टुंग्याउन कार्यदल गठन गरिएको थियो । कार्यदलको बैठक पटक पटक बसेपनि सहमति भने हुन सकेको छैन भने कांग्रेसले सदनका साथै सडक संघर्ष गर्ने निर्णय नै गरिसकेको छ...

Read More