Author: Himalaya Post

वेस्ट इन्डिज पुगेर धन्यवाद दिदैँ सन्दिपले भने– ‘क्यानविरूद्धको प्रपोगाण्डामा विश्वास नगरौँ’

काठमाडौँ– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज पुगेका सन्दीप लामिछानेले सबैलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमार्फत विश्वकपमा सहभागी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले लेखेका छन्, ‘मेरो यात्रालाई सम्भव बनाउनका लागि हाम्रा अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरा प्यारा भाइ पारस खड्का दाई, मेरा वकिल सरोज के घिमिरे दाई, विनोद दास दाई, प्रबल गौतम दाई र प्रिय बालकृष्ण लामिछाने दाईलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ उनले विश्वकप क्रिकेटमा सहभागितालाई सम्भव बनाउन क्यान अध्यक्ष चतुर बहादुर चन्द, क्यानका सचिव पारस खड्का, वकिल सरोज घिमिरे, विनोद दास लगायतलाई धन्यवाद दिएका छन् । साथै उनले आफ्नो भिसाको सन्दर्भमा...

Read More

भोजपुरको प्याउलीमा अरुण आँखा उपचार केन्द्र स्थापना

भोजपुर– नेपाल नेत्र ज्योति सङ्घ भोजपुर र अरुण गाउँपालिकाको संयुक्त सहकार्यमा प्याउलीमा अरुण आँखा उपचार सेवा केन्द्र स्थापना गरिएको छ । जिल्लाको पूर्वी क्षेत्रका नागरिकलाई आँखा उपचार सेवा दिने उद्देश्यका साथ अरुण गाउँपालिकाको केन्द्रप्याउलीमा आँखा उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएको सङ्घका सभापति तेज मोक्तानले जानकारी दिए । नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरत चन्द र अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले संयुक्तरुपमा उपचार केन्द्रको शुभारम्भ गरे । सो अवसरमा अध्यक्ष खत्रीले आँखा उपचारको सेवाका लागि अन्यत्र जानुपर्ने अवस्थालाई अन्त्य गर्न सेवा केन्द्र स्थापना गरिएको बताए । आफ्नै पालिकामा आँखा उपचार केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि स्थानीयमा समेत खुसियाली छाएको गाउँपालिका...

Read More

विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि

स्याङ्जा – स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ । व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताएका हुन् । जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ । विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करुपमा कपाल काट्न तालिम सञ्चालन गरेको हो । “विद्यार्थीलाई किताबी ज्ञानले मात्रै पुग्दैन, उनीहरुलाई व्यवहारिक, जीवनोपयोगी खालका प्राविधिक ज्ञान सीप आवश्यक हुन्छ”, प्रअ पराजुलीले भने, “आज सिकेको सीपलाई भविष्यका दिनमा प्रयोग गरी व्यावसायिक बन्दै आर्थिक उपार्जन गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका...

Read More

ग्यास बुलेटको ठक्करबाट निर्मलाको मृत्युपछि स्थानीय आन्दोलमा, पूर्व–पश्चिम राजमार्ग अवरुद्व (तस्बिरसहित)

मकवानपुर– मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर ९ रजैयामा शुक्रबार भएको सवारी दुर्घटनामा प्रहरीले सवारी धनीलाई सम्पर्कमा नल्याएको भन्दै स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ९ एचआइडीमा स्थानीयले बिहान ८ बजेदेखि सडक अवरुद्ध पारेका हुन् । गत शुक्रबार चितवनबाट हेटौडातर्फ आउँदै गरेको ए एस २५ डी सी ०२१२ नम्बरको भारतीय ग्यास बुलेटले हेटौंडाबाट पोखरा जाँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाईकलमा पछाडि बसेकी हेटौँडा–८ की निर्मला अधिकारीको मृत्यु भएको थियो । प्रहरीले हालसम्म पनि ग्यास बुलेटधनीलाई सम्पर्कमा नल्याएको भन्दै मृतकका आफन्तले राजमार्ग बन्द गरेका हुन् । सम्बन्धित सवारी धनी वा...

Read More

मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक छ : पूर्वअर्थमन्त्री डा महत

काठमाडौँ- पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताएका छन् । । साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आज यहाँ आयोजित ‘आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तर्क्रियामा उनले मुलुकको अर्थतन्त्रलाई सही दिशा प्रदान गर्नका लागि अनुशासनको खाँचो रहेको जनाए । नेपाली कांग्रेसका प्रवक्ता डा महतले कुन क्षेत्रमा कति बजेट विनियोजन गर्दा मुलुकको आर्थिक विकासमा सहयोग पुग्छ त्यसको बारेमा सरकारले पहिल्यै यकिन गर्न आवश्यक रहेको बताए । उनले भने, “रु तीन करोडभन्दा साना आयोजना केन्द्र सरकारले नराख्ने भनी आर्थिक कार्यविधि अनुमोदन गरे पनि वर्तमान सरकारले उक्त कार्यविधिलाई कार्यान्वयनमा लैजान...

Read More