Author: Himalaya Post

दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा आयोजना हुन्छ : खेलकुदमन्त्री श्रेष्ठ

सुर्खेत – खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा आयोजना हुने बताएका छन् । सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधीन रंगशालाको अवलोकन गदै मन्त्री श्रेष्ठले दशौ राष्ट्रिय खेलकुदका लागि सरकारले वजेट नै घोषणा गरिसकेकाले निर्धारित मितिमै प्रतियोगिता हुने बताएका हुन् । मन्त्री श्रेष्ठले तोकिएकै समयमा आयोजना गर्नका लागि मन्त्रालयको काम प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिए । खेलकुद प्रतियोगिता तोकिएकै मितिमा गर्नका लागी मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद लगाएत सम्पुर्ण टिम कर्णाली केन्द्रित भैसकेको उनको भनाइ छ । मन्त्री श्रेष्ठले कर्णालीमा निर्माण भइरहेको रंगशाला र अन्य भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियता निकै सकारात्मक...

Read More

सामुदायिक विद्यालयका सटरमा काठमाडौँ महानगरले लगायो ताला

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुमा ताला लगाएको छ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग र महानगर प्रहरी बलसहितको टोलीले महानगरभित्र रहेका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुलाई बन्द गराउँदै ताला लगाएको हो । यसैक्रममा बुधबार महानगरले बानेश्वरमा रहेको रत्नराज्य माध्यामिक विद्यालय लगायत विद्यालयले भाडामा लगाएका सटर बन्द गराएको हो । महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले सामुदायिक विद्यालयहरुले व्यवसायिक प्रयोजनका लागि सटर भाडामा लगाउन नपाउने नीति अनुसार ताला लगाएको जानकारी दिऐ । महानगरभित्र रहेका ३७ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु बन्द गरिने र उक्त स्थानलाई पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा प्रयोग गरिने उनले बताए । यसअघि महानगरले आइतबार...

Read More

भारतका राष्ट्रपति र प्रधानमन्त्री दाहालबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ– भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग आज भेट गरेका हुन् । सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी, उनीहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...

Read More

शपथ ग्रहणपछि प्रचण्ड भेट्दै मोदीले भने– ‘भारत नेपालसंगको छिमेकी नीतिप्रति प्रतिबद्व छ’

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग भेटवार्ता गरेका छन् । मोदीले आफ्नो शपथ ग्रहण कार्यक्रमपछि नेपाल लगायतका भ्रमणमा रहेका नेताहरुसँग भेटघाट गरेका हुन् । सो क्रममा मोदीले प्रचण्डसंग भारत नेपालसंगको पहिलो छिमेकी नीतिप्रति प्रतिबद्व रहेको बताएको उनको सचिवालयले जनाएको छ । उक्त अवसरमा उनले सबैप्रति आभार समेत प्रकट गरेका छन् ।...

Read More

बागमती नदी महोत्सवको २४ औं संस्करण आयोजना गरिने

काठमाडौँ– बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदी महोत्सवको २४ औं संस्करण आयोजना गरिने भएको छ । नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लवको आयोजनामा बिभिन्न निजि , सरकारी तथा सामाजिक संघसंस्थाहरुको सहकार्यमा बागमती नदी महोत्सव मनाउन लागिएको हो । नेवार समूदायले मनाउने सिथी नखः पर्वको दिन उद्घाटन हुने अभियान अन्तर्गत साढे दुई महिनासम्म हरेक साता नदि सरसफाइ, पर्यावरणीय संरक्षण लगाएतका काम गरिने नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिए । भाद्रको पहिलो शनिबार सांस्कृतिक तथा सांगितिक कार्यक्रमका साथै बाग्मती र्याफ्टीङको आयोजना गरि महोत्सवको समापन गरिने उनले बताए । नेपाल सरकारले आगामी आर्थिक वर्षक ा...

Read More