Author: Himalaya Post

प्रधानमन्त्री-फ्रान्सेली प्रतिनिधिमण्डल भेट : व्यापार र लगानी अभिवृद्धिमा प्रधानमन्त्रीको जोड

काठमाडौँ – नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको उक्त भेटमा दुवै पक्षले पारस्परिक हित र चासोका विविध विषयका साथै आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउने बारेमा विचारविमर्श गरेको थियो । भविष्यमा सञ्चालन गर्नसकिने द्विपक्षीय विकास परियोजनाबारे पनि प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलले छलफल गरेको थियो । नेपाल–फ्रान्स सम्बन्धलाई अझ उन्नत तुल्याउन संसदीय समूहले निर्वाह गरेको भूमिकाको सराहना गर्दै प्रधानमन्त्री देउवाले व्यापार, लगानी, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तन प्रतिकार्यलगायत क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि अपरिहार्य भएकामा...

Read More

त्रिवि पदाधिकारीको राजीनामा माग गरिएकोप्रति अनेरास्ववियुको आपत्ति

काठमाडौँ – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारी राजीनामा माग गरिएकोप्रति आपत्ति जनाएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियु त्रि.वि. इन्चार्ज तथा अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य मदन विष्टले सत्तारुढ दल निकट एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संघको कदमको विरोध गरेका हुन् । त्रिवि पदाधिकारीले मासिक तलब सुविधा माग गर्दै आन्दोलनरत करार तथा आंशिक प्राध्यापकहरूको समस्या समाधान नगरेको भन्दै प्रध्यापक संघले उपकुलपति र पदाधिकारीको राजीनामा माग गरेका थिए । तर, प्रध्यापक संघले अप्राज्ञिक र उत्शृङ्खल वक्तव्यवाजी गरेको भन्दै अनेरास्ववियुले त्यसको विरोध गरेको हो । जारी विज्ञप्तीमा भनिएको...

Read More

बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने

बलेवा – निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् । तीन वर्षअघि देखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले रोकिएको काम अहिले पूरा भएको हो । चैत मसान्तभित्र काम सकेर हस्तान्तरणको तयारी छ । बागलुङ नगरपालिका–१४ को बलेवामा निर्माणाधीन विमानस्थल चैत मसान्तभित्र रङ्गरोगन सकेर प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी भएको सो आयोजनाका इन्चार्ज वासु थापाले जानकारी दिए । यो विमानस्थलमा साना तथा मझौला जहाज अवतरण गर्न सक्छन् । “सिङ्गो एअरपोर्ट एक प्रतिशत मात्रै स्लोपको छ, त्यसैले यहाँ दुवै साइटबाट जहाज अवतरण...

Read More

विभाजित भएको कम्युनिस्ट पार्टी हरियो रंगदेखि तर्सिन्छ : महामन्त्री शर्मा

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न स्थानीय तहको निर्वाचनमा सबै नागरिकलाई सामेल गर्नका लागि काँग्र लागी पर्ने बताएका छन् । बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री शर्माले निर्वाचनमा काँग्रेस मत माग्न मात्र नभई निर्वाचनलाई मर्यादित बनाउन भूमिका खेल्ने बताए । उनले निर्वाच चिन्हमा हरियो रंग प्रयोग गर्ने निर्वाचन आयोगको निर्णयमाथि प्रश्न उठाएका एमाले अध्यक्ष केपी शर्माओलीलाई समेत जवाफ फर्काएका छन् । उनले भने, ‘उहाले राखेको प्रश्नका केही जवाफ दिनुछैन । तर, एउटा उखान चर्चामा छ भर्खरै सुरु भएको, पहिले साउनमा के भएको के ले वर्षैभरि हरियो देख्छ भन्थे, अहिले विभाजित भएको कम्युनिस्ट पार्टी हरियो...

Read More

स्थानीय निर्वाचनका लागि काँग्रेसको अभियान : घरघर जाऔँ, काँग्रेस जिताऔँ

काठमाडौँ – सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि अभियानको घोषणा गरेको छ । काँग्रेसको कार्यसमितिको बैठकले निर्वाचनको तयारीका लागि ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान घोषणा गरेको हो । बुधबार पत्रकारसम्मेलन गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले आम नागरिकको बीचमा काँग्रेसलाई शसक्त रुपमा पुर्याउने र हरेक घरमा नेपाली काँग्रेसको स्थानीय नेतृत्व पुग्ने र काँग्रेसको विचार, सिद्धान्त र काँग्रेसले गरेको काम र भोलिको योजनाबारे जनतालाई सुसूचित गर्ने, जनताका इच्छा, आकांक्षा र चाहना बुझ्ने उद्देश्यले उक्त अभियान ल्याइएको बताए । उनले भने, ‘राष्ट्रिय मुद्दाहरुमा विपक्षीहरुले भ्रम छरेका छन् । कुप्रचार विभिन्न कोणबाट भएका छन् । तिनलाई चिर्ने, खास...

Read More