Author: Himalaya Post

गाँजालाई वैधानिकता दिने सरकारको निर्णय, गृहद्वारा कानुन निर्माणको थालनी

काठमाडौँ– सरकारले औषधी प्रयोगको लागि नेपालमा गाँजाको प्रयोगलाई वैधानिकता दिने निर्णय गरेको छ । यसका लागि गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक–२०७८ समेत तयार पारेको छ । फागुन १० मा बसेको गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय बैठकले विधेयक निर्णयसहित सैद्धान्तिक सहमतिका लागि पठाएको हो । विधेयकमा गाँजाको उत्पादन, संकलन, बिक्री वितरण र निकासी कसरी गर्ने भन्ने विषय समेटिएको मन्त्रालयको लागु औषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले बताए । उनका अनुसार, त्यो विधेयक कानुन निर्माण भएपछि तत्काल कार्यान्वयनमा ल्याउने तयारी गृहको छ। विधेयक पारित पछि लागुऔषध नियन्त्रण ऐन २०३३ ले गाँजामाथि लगाइएको पूर्ण प्रयोगको बन्देज बदर भई नयाँ...

Read More

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख खोप प्रदान

काठमाडौँ– भारतीय सेनाले नेपाली सेनाका लागि कोरोना विरुद्वको एक लाख डोज खोप उपलब्ध गराएको छ । भारतको ‘खोप मैत्री’ योजना अन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा निर्मित कोभिड–१९ विरुद्धको एक लाख डोज उपलब्ध गराएको हो । बिहिवार नेपाली सेनाको जंगी अड्डामा आयोजित एक समारोहबीच गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पी.एन. अनन्थनारायणले नेपाली सेनाका रथी बाल कृष्ण कार्कीलाई सो खोप हस्तान्तरण गरेका छन् । भारतमार्फत प्राप्त उक्त खोपलाई स्वागत गर्दै रथी कार्कीले भारतीय सेनाले अघि बढाएको सहकार्यप्रति खुशी व्यक्त गरे । यस्तै भारतका तर्फबाट लेफ्टिनेन्ट जनरल अनन्थनारायणले पनि गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई...

Read More

संसद भवनभित्रै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्क्ष केपी शर्माओलीबीच संघीय संसद भवन नयाँ बानेश्वरमा छलफल भएको छ । बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएलगत्तै छलफल सुरु भएको हो । छलफलमा प्रधानमन्त्री देउवासहित सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की र काँग्रेस महामन्त्री गगन थापा तथा एमाले अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ सहभागी रहेका छन् । अमेरिकी सहायता सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी)मा सत्तारुढ दलहरुमा सहमती नजुटेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग सहकार्यको हात अघि बढाएका छन् । एमसीसी संसदमा १६ गतेभित्र पास गर्नुपर्ने बाध्यताबा बीच काँग्रेस र एमालेबीचको छलफलले राजनीतिक वृत्तमा...

Read More

सेञ्चुरी बैंकद्वारा टेकु र पेप्सीकोला नयाँ शाखा सञ्चालन

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाण्डौंको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बैँकले बिहीबारदेखि यी दुई शाखा सञ्चालनमा ल्याएको हो । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले टेकु शाखा र संचालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका संचालक मनबहादुर राई, सुनिल न्यौपाने, प्रा.डा. गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । टेकु र पेप्सीकोलामा थप दुई शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २५ पुगेको छ । देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले यस...

Read More

नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यको सहमति

काठमाडौँ– नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्य गर्ने सहमति भएको छ । बिहिवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र भारतीय ऊर्जा सचिव आलोक कुमार सहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्तामा समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विविध विषयमा छलफल गरिएको हो । सो अवसरमा मन्त्री भुसालले नेपालसँग भएको जलविद्युत आपसी सहकार्यबाट प्रयोगमा ल्याउँदै दोहोरो आवश्यकता परिपूर्ति गर्नुपर्नेमा जोड दिएकी छन् । यस्तै, भारतका तर्फबाट ऊर्जा सचिव आलोक कुमारले ऊर्जा व्यापारले आपसी सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ऊर्जा व्यापारका लागि सहज बतावरण बनाउन आफूहरु सकारात्मक रहेको बताउँदै उनले भने, ‘भारत, बङ्गलादेशसँग व्यापार अनुमति दिनका लागि हामी...

Read More