Author: Himalaya Post

देउवा र शेखरको एकपटक फेरि व्याटल राउन्ड हुने पक्का !

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा‍ शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसको विधानअनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ । बाँकी उम्मेदवारले कसलाई समर्थन गर्छन्, त्यसले सभापतिमा जितको आधार तय गर्नेछ...

Read More

३०३ मत गन्न बाँकी, २४५ मत पाए देउवा विजयी हुने, दोस्रो चरणको निर्वाचन हुने संकेत

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ४३७६ मतगणना भएको छ । शेरबहादुर देउवाले २०९५ मत पाएका छन् । शेखर कोइरालाले १६४५ मत पाएका छन् । विमलेन्द्र निधिले २३९ मत पाउँदा प्रकाशमान सिंहले ३५० तथा कल्याण गुरुङले १९ मत पाएका छन् । जम्मा ४६७९ मत खसेको थियो । अब ३०३ मत गन्न बाँकी छ । देउवाले पहिलो चरणमा सभापति जित्न थप २४५ मत पाउनुपर्छ । अन्यथा निर्वाचन दोस्रो चरणमा जाने छ...

Read More

४ हजार २ सय ७८ मत गणना : देउवा अगाडि, शेखर पछाडि

काठमाडौं – अहिलेसम्म ४ हजार २ सय ७८ मत गणना हुँदा देउवाले २०४६ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १५६८  र प्रकाशमान सिंहले ३३५ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २३९ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने २० मत मात्र प्राप्त भएको छ । सभापतिमा निर्वाचित हुन कम्तीमा २३४० मत प्राप्त गर्नपर्नेछ...

Read More

४१७६ मतगणना : देउवा १९९५, कोइराला १५८९

काठमाडौं – कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो प्राप्त मत परिणाम अनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् । ४१७६ मतगणनासम्म देउवाले १९९५ मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले १५८९ मत ल्याएका छन् । यसैगरी विमलेन्द्र निधिले २३७ मत ल्याएका छन् । प्रकाशमान सिंहले ३१५ प्राप्त गरेका छन् भने कल्याण गुरुङले २० प्राप्त गरेका छन् । सभापतिमा शेरबहादुर देउवा, डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उम्मेदवारी दिएका थिए । देउवा र कोइरालाबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ ।...

Read More

४ हजार मत गनियो, देउवाले १९ सय, कोइरालाले पाए १४ सय ६७ मत

काठमाडौं – कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो प्राप्त मत परिणाम अनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् । ४००० मत गन्दासम्म देउवाले १९०० मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले १४६७ मत ल्याएका छन् । यसैगरी विमलेन्द्र निधिले २३० मत ल्याएका छन् । प्रकाशमान सिंहले २९६ प्राप्त गरेका छन् भने कल्याण गुरुङले २० प्राप्त गरेका छन् । सभापतिमा शेरबहादुर देउवा, डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उम्मेदवारी दिएका थिए । देउवा र कोइरालाबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ...

Read More