Author: Himalaya Post

श्रीमती हत्या आरोपमा लुकमान मियाँ पक्राउ

काठमाडौँ– श्रीमतीलाई विष खुवाइ हत्या गरेका अभियोगमा प्रहरीले बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँलाई पक्राउ गरेको छ । उनीलाई आज म्याद थपका लागि जिल्ला अदालत पठाइएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिएका हुन् । दाइजोबापत मोटरसाइकल र नगद नदिएको जनाउँदै मियाँले परिवारका सदस्यसँग मिलेर २०७६ फागुन २ गते श्रीमती २२ वर्षीया रोशन खातुनलाई विष खुवाएर हत्या गरेको बताइएको छ । शव परीक्षणका कोशी अस्पताल विराटनगरमा भएको थियो । घटनासँगै मृतकका बुबा जहिरुदिनले इलाका प्रहरी कार्यालय कडरबोनामा दिएको जाहेरी दर्ता नभएपछि जहिरुद्दिनले उच्च अदालत जनकपुर, राजविराज इजलासमा परमादेशका लागि मुद्दा दायर गरेका थिए ।...

Read More

जलेश्वरनाथ महादेवको पूजाका लागि राष्ट्रपति भण्डारी महोत्तरी जाने

जलेश्वर– बाह्रैमास जलमुनि बस्ने महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना र दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार जलेश्वर जाने भएकी छन् । राष्ट्रपति भण्डारी बाबा जलेश्वरनाथको पूजाअर्चना र दर्शनका लागि जलेश्वर आउने भएपछि उनको स्वागत, सत्कार र अभिनन्दन गर्न स्थानीयवासी आत्तुर देखिएका छन् । उनको स्वागतका लागि जलेश्वर नगरपालिकाले विभिन्न स्थानमा स्वागतद्वारा निर्माण, बाबा जलेश्वरनाथ महादेव मन्दिरलाई सजाउने र राष्ट्रपतिको सम्मान गर्ने कार्यको विशेष तयारी गरेको नगर प्रमुख रामशङ्कर मिश्रले बताए । जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले उनलाई जलेश्वरवासीका तर्फबाट अभिनन्दन गर्दै मायाको चिनो प्रदान गर्ने कार्यक्रमसमेत रहेको जानकारी दिए । राष्ट्रपति भण्डारीले जलेश्वरनाथ महादेव...

Read More

यस वर्ष पनि रासायनिक मलको अभाव हुने

समुन्द्रा घिमिरे, काठमाडौँ– गत वर्षको असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसानले यसवर्ष पनि मल नपाउने भएका छन् । मल खरिद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसकिएको भन्दै अभाव हुने जनाएको हो । आलु र गहुँका लागि आवश्यकपर्ने मल गत फागुनदेखि नै खरिदको तयारी गर्दा समेत अभाव हुने देखिएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रियरुपमा नै रासायनिक मलको मूल्यमा वृद्धि हुँदा मल खरिदको जिम्मा पाएका कम्पनीले मल ल्याउन नसक्दा अभाव हुने देखिएको छ । अन्तराष्ट्रिय रुपमा गत वर्षको तुलनामा यसवर्ष प्रति मेट्रिकटन ३०० अमेरिकी डलरभन्दा...

Read More

नेपाल–युरोपेली संघ सम्बन्ध विस्तारमा जोड

काठमाडौँ– नेपालले युरोपेली सङ्घसँगको सम्बन्ध विस्तारमा विशेष जोड दिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल–सङ्घ संयृुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिने तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा पारस्परिक सम्बन्ध विस्तारमा जोड दिएका हुन् । त्यस अवसरमा उहाँहरूबीच आपसी हितका क्षेत्रीय र बहुपक्षीय मामिलाका साथै विकास सहयोग, व्यापार तथा नागरिक उड्डयनलगायत नेपाल–सङ्घ साझेदारीका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युरोपेली सङ्घले नेपाललाई व्यापार तथा लगानी, वाणिज्य, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, मानव संसाधन विकास, पर्यावरण संरक्षण, भूकम्पपछिको पुनर्निर्माण, ग्रामीण...

Read More

सञ्चारमाध्यममा विदेशी लगानी कानुनको ठाडो उल्लंघन : पत्रकार महासंघ

काठमाडौँ– भारतको पतञ्जली योग पिठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । संघका महासचिव रोसन पुरीले आज एक विज्ञप्ति जारी गर्दै पतञ्जलीले नेपालमा सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेकोप्रति विरोध जनाएका हुन् । यस विषयप्रति संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले विज्ञप्तिमा भनेका छन्, ‘नेपालको प्रचलित कानुनले समेत सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा पतञ्जली योग पिठले टेलिभिजन खोल्नु नेपालको प्रचलित कानुनको ठाडो उल्लंघन हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी खुल्ला नगरिएका उद्योग वा व्यवसायको सूचीमा आमसञ्चारमाध्यमहरूलाई राखेको कानुनी प्रवन्धप्रति महासंघ सम्बन्धित पक्षको...

Read More